सोम, माघ २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आइफोन १६ कि १५ बारे थाहा पाउनुहोस् विशेषता

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 2 mins read
0
आइफोन १६ कि १५ बारे थाहा पाउनुहोस् विशेषता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
एजेन्सी ।   यदि तपाईंले आइफोन १५ चलाइरहनुभएको छ भने एप्पलले अहिले आइफोन १६ लञ्च गर्दा सायद थकथकी लागिरहेको छ होला । नयाँ संस्करणको आइफोन चलाउन पाए हुन्थ्यो भन्ने इच्छा जागृत हुनु स्वभाविकै हो ।

यदि तपाईंसँग आइफोन नै छैन अर्थात् एन्ड्रोइड फोन मात्रै चलाउने गर्नुभएको छ भने त अझ नयाँ सिरिजको आइफोन प्रयोग गर्ने तीव्र आकांक्षा हुने नै भयो । यस्तो अवस्थामा अघिल्लो संस्करणको आइफोन १५ छुट वा सस्तो मूल्यमा किन्ने कि पूरै मूल्य चुकाएर नयाँ मोडेल किन्ने ? भन्ने द्विविधा हुनसक्छ ।

यस्तो अवस्थामा तपाईंको निर्णयमा सहयोग गर्नका लागि आइफोन १५ र आइफोन १६ का मूख्य विशेषताहरुको तुलना यहाँ गरिएको छ ।

क्यामेरा

दुवै फोनमा ४८ मेगापिक्सेल र १२ मेगापिक्सेलको डुअल रियर क्यामेरा सेटअप रहेको छ ।

आइफोन १५ मा ४८ मेगापिक्सेलको वाइड तथा १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहेको छ । जबकि आइफोन १६ मा ४८ मेगापिक्सेलको २ गुणा टेलिफोटो अप्सन सहितको फ्युजन क्यामेरा र १२ मोगपिक्सेलको अल्ट्रावाइड क्यामेरा रहेको छ ।

दुवै फोनका क्यामेरामा समान मेगापिक्सेल भए पनि आइफोन १६ को अल्ट्रावाइड क्यामेरामा बढी प्रकाशयुक्त तथा म्याक्रो शटका लागि अटोफोकस क्षमता सहितको छ । त्यस्तै दुवै फोनमा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ, जसले फोर के भिडियो खिच्न सक्दछ । त्यसैगरी आइफोन १६ मा थप फिचरको रुपमा एउटा क्यामेरा कन्ट्रोल बटन रहेको छ ।

डिस्प्ले, साइज र वजन

डिस्प्लेको हकमा एप्पलले केही सामान्य परिवर्तन गर्ने गरेको छ । यद्यपि दुवै फोनमा ६.१ इन्चको सुपर रेटिना XDR डिस्प्ले रहेको छ । जसको पिक ब्राइटनेस २००० निट्स छ ।

आइफोन १५ र १६ दुवैको आकार समान छ, जसको लम्बाइ ५.८१ इन्च, चौडाइ २.८२ इन्च र मोटाइ ०.३१ इन्च रहेको छ । वजन पनि झण्डै बराबर छ । आइफोन १५ को तौल १७१ ग्राम छ भने आइफोन १६ को तौल १७० ग्राम छ ।

आइफोन १६ black, white, pink, teal र ultramarine रङहरुमा उपलब्ध रहँदा आइफोन १५ चाहिं black, green, yello, pink र blueरंगमा उपलब्ध रहेको छ ।

दुवै फोनमा dynamic Usland  हुनुका साथै सेक्योरिटी फिचरका रुपमा फेस आइडी र पासकोड रहेको छ । अर्थात् दुवैमा फिंगरप्रिन्ट स्क्यानर छैन ।

मूल्य र स्टोरेज

नयाँ आइफोन रिलिजसँगै एउटा खुसीको कुरा भनेको पुरानो मोडेलको मूल्य घट्नु पनि हो ।

तर, यसपटक खुसीको कुरा के भने एप्पलले आफ्नो आइफोन १६ सिरिजमा पनि मूल्य खासै बढाएन ।

आइफोन १६ को आधारभूत मोडेलको मूल्य ८ सय डलर रहेको छ । जबकि आइफोन १५ को मूल्य ७ सय डलर रहेको छ । १२८ जिबी क्षमताको आइफोन १६ को मूल्य ८ सय डलर रहँदा २५६ जिबीको ९ सय डलर तथा ५१२ जिबीको ११ सय डलर रहेको छ ।

त्यस्तै आइफोन १५ को कुरा गर्दा १२८ जिबीको ७ सय डलर रहँदा २५६ जिबीको ८ सय र ५१२ जिबीको १ हजार डलर रहेको छ । यसको अर्थ आइफोन १६ को तुलनामा आइफोन १५ को मूल्य १ सय डलर कम छ ।

ब्याट्री, प्रोसेसर र सफ्टवेयर

एप्पलले ब्याट्रीको क्षमताको खुलासा गर्दैन । यद्यपि आइफोन १६ को भिडियो प्लेब्याक २२ घण्टा रहेको दाबी कम्पनीको छ । जबकि आइफोन १५ को भिडियो प्लेब्याक २० घण्टा रहेको छ । यसको अर्थ एकपटक पूरा चार्ज गरेपछि एप्पल १६ मा २२ घण्टासम्म भिडियो चलाउन सकिन्छ भने एप्पल १५ मा २० घण्टा ।

दुबै फोनमा युएसबी टाइप सी चार्जिंग रहेको छ । त्यस्तै आइफोन १६ ले ३० वाट र त्यो भन्दा माथिको एडाप्टरबाट २५ वाट मेगावाटसम्मको मेगासेफ वायरलेस चार्जिंग सपोर्ट गर्दछ भने आइफोन १५ मा मेगासेफ चार्जिंग १५ वाटसम्म रहेको छ ।

आइफोन १६ मा नयाँ ए१८ चिप रहेको छ भने आइफोन १५ मा ए१६ बायोनिक चिप छ । आइफोन १६ नयाँ आइओएस १८ सँगै आउनेछ । जबकि आइफोन १५ मा गत वर्षको आइओएस १७ रहेतापनि सेप्टेम्बर १७ मा त्यसलाई अपग्रेड गर्न सकिनेछ ।

यो पनि पढ्नुहोस्

दुर्गा प्रसाईं रिहा

दुर्गा प्रसाईं रिहा

८ घण्टा अगाडि
नेपाललाई इंग्ल्यान्डविरुद्ध चौथो सफलता मिल्याे

नेपाललाई इंग्ल्यान्डविरुद्ध चौथो सफलता मिल्याे

१३ घण्टा अगाडि

यी हुन् आइफोन १६ का नयाँ फिचर्स

पछिल्ला केही महिनायता एप्पल कम्पनीको मूख्य ध्यान नै एप्पल इन्टेलिजेन्समा रहेको छ ।

यदि तपाईंले आफ्नो आइफोनमा एप्पल इन्टेलिजेन्स चाहनुहुुन्छ भने आइफोन १५ मा त्यो उपलब्ध हुनेछैन । केवल आइफोन १६ सिरिज तथा आइफोन १५ का प्रो भर्सनमा मात्रै यो उपलब्ध हुनेछ ।

आइफोन १६ मा एक्सन बटन र क्यामेरा कन्ट्रोल बटन रहनेछ ।

आइफोन १५ र आइफोन १६ का फिचरमा रहेका समानता र अन्तर विस्तृतमा यस्तो छ :

iPhone 16 iPhone 15
Display size, tech, resolution, refresh rate 6.1-inch OLED Super Retina XDR display; 2,556 x 1,179 pixel resolution; 60Hz refresh rate; 2,000 nits 6.1-inch OLED; 2,556×1,179 pixels, 60Hz refresh rate, 1,000 nits
Pixel density 460 ppi 460 ppi
Dimensions (inches) 5.81 x 2.82 x 0.31 inches 5.81 x 2.82 x 0.31 inches
Dimensions (millimeters) 147.6 x 71.6 x 7.8mm 71.6×147.6×7.8 mm
Weight (grams, ounces) 170 g, 6 oz 171g (6.02 oz)
Mobile software iOS 18 iOS 17
Camera 48MP fusion camera, 12MP ultra-wide camera 48-megapixel (wide), 12-megapixel (ultrawide)
Front-facing camera 12MP TrueDepth camera 12-megapixel
Video capture 4K at 60fps; spatial video at 1080p at 30fps 4K
Processor A18 A16 Bionic
RAM/storage 128GB, 256GB, 512GB 128GB, 256GB, 512GB
Expandable storage None None
Battery Up to 22 hours video playback; up to 18 hours video playback (streamed). 20W wired charging. MagSafe wireless charging up to 25W with 30W adapter or higher; Qi2 up to 15W Up to 20 hours of video playback (16 hours streamed). 20W wired charging. MagSafe wireless charging up to 15W; Qi2 up to 15W
Fingerprint sensor None (Face ID) None (Face ID)
Connector USB-C USB-C
Headphone jack None None
Special features Apple Intelligence; Action Button; Camera Control button; Dynamic Island; 1 to 2000 nits display brightness range; wireless charging; eSIM; satellite connectivity; IP68 rating Dynamic Island; 5G (mmw/Sub6); MagSafe; wireless charging; eSIM; satellite connectivity; IP68 rating
US price starts at $799 (128GB), $899 (256GB), $1,099 (512GB) $799 (128GB), $899 (256GB), $1,099 (512GB)
UK price starts at £799 (128GB), £899 (256GB), £1,099 (512GB) £799 (128GB), £899 (256GB), £1,099 (512GB)
Australia price starts at AU$1,399 (128GB), AU$1,599 (256GB), AU$1,949 (512GB) AU$1,499 (128GB), AU$1,699 (256GB), AU$2,049 (512GB)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

मिस्ट्री स्पीनर शेर मल्ल विश्वकप क्रिकेटबाटै राष्ट्रिय टिममा डेब्यू

यस्ताे छ आजकाे माैसम

झापा २ राष्ट्रिय राजनीतिमा चासोको केन्द्र

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक