काठमाडाैं । धेरै दिनको करेक्सन पछि बिहीबार शेयर बजारमा हरियाली छाएको छ ।
आज सेयर ७८.१७ अंकले बढेको छ । २.९९ प्रतिशतले बढेको परिसुचक २६८८ अंकमा पुगेर रोकियो । आज १ करोड ९४ कित्ता सेयर किनबेच हुदा ८ अर्ब १६ करोडको कारोबार भएको छ । हिजो ६ अर्बको मात्र कारोबार भएको थियो ।
आज कारोबारमा आएका २२९ कम्पनीकाे सेयरमूल्य बढेकाे छ भने १२ कम्पनिकाे घटेका छन् । आज १० वटा कम्पनिको सकारात्मक सर्किट लागेको छ ।