सिन्धुली । सुनकोशी गाउँपालिका-३ बोहोरेटार बस्ने ३८ वर्षीय विशु सूर्यवंशीले संचालन गरेको सूर्यवंशी किराना पसलको ढोका फोडेर चुरोट र विभिन्न ब्राण्डका रक्सीहरू गरी करिब ३ लाख १३ हजार ८ सय रूपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।