शुक्र, जेष्ठ ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सत्तारूढ दलको पहिलो बैठकको समझदारी : संविधान संशोधनका लागि सर्वपक्षीय छलफल गर्ने

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
सत्तारूढ दलको पहिलो बैठकको समझदारी : संविधान संशोधनका लागि सर्वपक्षीय छलफल गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / सत्तारूढ दलहरूले संविधान संशोधनका लागि सर्वपक्षीय छलफल गर्ने समझदारी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार पहिलो पटक बसेको सत्तारूढ दलहरूको बैठकले संविधान संशोधनका लागि राजनीतिक दल र सरोकारवालासँग बृहत् छलफल गर्ने निर्णय गरेको हो ।  कांग्रेस र एमालेबीच असार तेस्रो साता भएको सात बुँदे सहमतिमा संविधान संशोधनको विषय समावेश छ ।

यसैलाई प्राथमिकतामा राखेर सत्तारूढ दलको बैठकमा छलफल भएको हो । सबै पक्षको सहमतिअनुसार संविधान संशोधन भए मात्र योभन्दा परिस्कृत हुने र सर्वस्वीकार्य हुने बैठकको निष्कर्ष छ । बैठकमा सहभागी एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संविधानको दुर्बल र सबल पक्षलाई केलाएर सर्वस्वीकार्य हुने गरी संविधान संशोधनका लागि बृहत् छलफल गर्ने बताए ।

‘प्रतिपक्षबाट आएका भ्रमहरू चिरफार गरेर संविधानलाई अझ परिस्कृत ढंगले परिमार्जन गरेर जान छलफल भएको छ,’ उनले भने । प्रमुख प्रतिपक्षी माओवादीले कांग्रेस र एमालेले संविधान संशोधन गरी २०४७ सालको संविधानतिर फर्काउन खोजेको आरोप लगाएको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संविधान संशोधनका लागि बढीभन्दा बढी दल र सरोकारवालाको सहमति चाहिने बताए । ‘योभन्दा उन्नत संविधान बनाउने उद्देश्यले संशोधनका लागि समझदारी बनेको छ,’ उनले भने । बैठकमा सहभागी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बैठक संविधान संशोधनको विषयमा बढी केन्द्रित भएको जानकारी दिइन् । ‘संविधान जारी हुँदा धेरै पक्ष असन्तुष्ट थिए । ती असन्तुष्टिलाई सम्बोधन गरी अझै राम्रो संविधान बनाउनुपर्छ भन्ने जोड रह्यो,’ उनले भनिन् । संविधान संशोधनका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभामा दुई तिहाइ आवश्यक पर्छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइका लागि कम्तीमा १८४ सांसद संख्या आवश्यक पर्छ । कांग्रेस र एमालेको सांसद संख्या जोड्दा १६७ पुग्छ । एमाले सांसद टोपबहादुर रायमाझी निलम्बित छन् । सभामुख देवराज घिमिरेले मत बराबरीको अवस्थामा मात्र मतदान गर्न पाउनेछन् ।

दुईतिहाइका लागि कांग्रेस र एमालेले थप १८ सांसदको साथ जुटाउनुपर्नेछ । राप्रपा (१४), जनमत (६), जनता समाजवादी (५) लगायतका दलको साथ लिने गठबन्धनको तयारी छ । तर, राष्ट्रिय सभाको अंकगणित भने सत्ता गठबन्धनका लागि अनुकूल छैन । ५९ सदस्यीय राष्ट्रिय सभामा दुई तिहाइका लागि कम्तीमा ४० मत आवश्यक पर्छ । राष्ट्रिय सभामा माओवादीका १७ सांसद छन् भने कांग्रेसका १६ र एमालेका १० सांसद छन् । दुई तिहाइका लागि प्रमुख दुई दललाई थप १४ सांसदको सहयोग चाहिन्छ । राष्ट्रिय सभामा एकीकृत समाजवादीका ८, जसपा नेपालका ३, लोसपाका १, जनमोर्चाका १ र ३ मनोनीत सांसद छन् ।

कांग्रेस र एमालेलाई राष्ट्रिय सभामा दुई तिहाइ पुर्‍याउन यी सबै दल र मनोनीतको पनि साथ चाहिन्छ । यस्तै, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई कमजोर बनाउन घेराबन्दी गर्ने प्रयास भइरहेको उल्लेख गर्दै सत्तारूढ दलबीच बलियो एकता आवश्यक भएको बताए । ‘सत्तारूढ दलहरूबीच कहिलेकाहीं असमझदारी छन् भने छलफलबाट हल गर्न सकिन्छ,’ उनको भनाइ थियो । ओलीले प्रमुख प्रतिपक्ष माओवादी र रास्वपातर्फ संकेत गर्दै पूर्वाग्रही ढंगले सरकारविरुद्ध उत्रिएको आरोप लगाउँदै आएका छन् । सरकारबाट बाहिरिएपछि माओवादी आवेगपूर्ण र पूर्वाग्रही ढंगले आफूविरुद्ध आरोपमा उत्रिएको उनको भनाइ छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीको भनाइलाई समर्थन गर्दै सत्तारूढ दलको एकतामा जोड दिएका थिए । ‘सत्तारूढ दलको एकताले सरकार अझ बलियो हुन्छ । काम पनि राम्रो हुन्छ,’ देउवाको भनाइ थियो । कांग्रेसका प्रमुख सचेतक घिमिरेले सत्तारूढ दलबीच राम्रो सम्बन्धका आधारमा सरकार बलियो हुने भएकाले नियमित बैठक गर्ने निर्णय भएको बताए । ‘सत्तारूढ दलभित्र गुनासो हुन सक्छन्, त्यसलाई छलफलबाट हल गरी गठबन्धन सरकार बलियो बनाउने निर्णय भएको छ,’ उनले भने । एमाले प्रमुख सचेक बर्तौलाले संसद् र सरकारको कामलाई प्रभावकारी बनाउन सत्तारूढ दल एकमत भएको बताए ।

‘एकीकृत पहलकदमी र एकीकृत कामका साथ अघि बढेर सरकार बलियो बनाउने मुख्य कुरा हो,’ उनले भने, ‘जनताको अपेक्षा अनुसार सरकारका कामलाई प्रभावकारी बनाउन मुख्य ध्यान दिने कुरा भएको छ ।’ सरकारलाई समर्थन गरेका दलहरूका चासो र सरोकारलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने, सर्वसाधारणले पाउने सेवालाई प्रभावकारी बनाउन सबै प्रमुख नेताले जोड दिएको उन्मुक्ति अध्यक्ष श्रेष्ठले बताइन् ।

बैठकमा सरकारका कामकारबाहीबारे सामान्य समीक्षा भयो । प्रधानमन्त्री ओलीले यो सरकारले निराशालाई चिर्ने गरी काम थालेको बताए । सत्तारूढ दलले सत्तापक्षको बैठक हरेक साता गर्ने निर्णय पनि गरेका छन् । सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल आइतबार गठन गरिएको थियो । कार्यदलले कार्यक्रम लेख्न गृहकार्य सुरु गरेको एक सदस्यले बताए । ‘मुख्यगरी दुई दलबीच भएको सात बुँदे सहमतिका आधारमा साझा कार्यक्रम बन्छ,’ उनले भने । सत्तारूढ दलको साझा कार्यक्रमले सर्वसाधारणको चासो र गुनासोलाई सम्बोधन गर्नुपर्ने नेताहरूको सुझाव थियो ।

आइतबार बालुवाटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल बनाएको थियो । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।

यो पनि पढ्नुहोस्

नाउपामा भाँडभैलो सुरु

नाउपामा भाँडभैलो सुरु

८ घण्टा अगाडि
नेपालको बजेट नेताहरुको निजी सम्पत्ति हो कि साझा सम्पत्ति हो ?

नेपालको बजेट नेताहरुको निजी सम्पत्ति हो कि साझा सम्पत्ति हो ?

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित

रवि जोडिएको सुनुवाइ उच्च हेर्दाहेर्दैमा

गोर्खाको पर्यटन र पूर्वाधार विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग

संघीय संसदका दुवै सदनबाट बैंकिङ कसुर सम्बन्धी विधेयक प्रमाणीकरण

पेट्रोलियम पदार्थको मूल्य घट्याे

कारोबारकाे अन्तिम दिन सुनको भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक