आइत, चैत्र १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बन्दीपुरहिल तीज सप्ताहन्न उत्सवको भव्य समापन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
बन्दीपुरहिल तीज सप्ताहन्न उत्सवको भव्य समापन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पर्यटकीय एवम् सांस्कृतिक ग्राम बन्दीपुरमा नेपालको इतिहासमा नै सम्भवतः लामो तीज मेला ८ दिन पूरा गर्दै सम्पन्न भएको छ । छोटो समयको तयारीको बाबजुद पनि यस उत्सवको आयोजना गरिएको थियो ।

उत्सवको भव्य उद्घाटन महानायक राजेश हमालले गर्नुभएको थियो । प्रत्येक दिन विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई प्रमुख अतिथिको रूपमा अवलोकन गराइएको थियो । तीज सप्ताहन्न उत्सवको ब्रान्ड दिइएको यस कार्यक्रममा एकातिर तीज प्रतियोगिता थियो भने, अर्कोतर्फ वृहत्तर सांस्कृतिक तीजे कन्सर्ट पनि । यी दुवै विधालाई सुन्दर ढङ्गबाट संयोजन गरिएको थियो । तीज गीत प्रतियोगितामा ५५समूहले नाम दर्ता गरे पनि ३७ समूहले मात्र भाग लिनको लागि छनौट भएका थिए । प्रतियोगिता दुई चरणमा गराइएको थियो ।

पहिलो सहभागिताको छनौट चरण र फाइनल चरण भनेर प्रतियोगिता अगाडि बढेको थियो । फाइनल राउन्डमा २१ समूहहरूको प्रस्तुति गरिसकेपछि प्रथम, द्धितिय, तृतीय, चौथौ बाहेक उत्कृष्ट १० समूह, उत्कृष्ट नृत्य, उत्कृष्ट भेसभुसा समेत र उत्कृष्ट शब्द चयन तथा प्रस्तुति विधा गरी १७ टिमले पुरस्कार प्राप्त गर्न सफल भएका थिए । उत्कृष्ट नृत्य, उत्कृष्ट भेसभुसाको लागि समेत पुरस्कारको व्यवस्थापन गरिएको थियो । प्रतियोगितामा प्रथम स्थान एकता मगर समाज म्याग्दे तनहुँले हासिल गरेको थियो भने, द्वितीय स्थान वाग्लुङ्ग जिल्लाको वाग्लुङ्ग कालिका भजन कृर्तन सत्सङ्गले हासिल गरेको थियो । तृतीय स्थान तनहुँको भानु हरियाली प्राकृतिक कृषक महिला समूह र चौथो बन्दीपुरको केराबारी महिला समूहले हासिल गरेको थियो । उत्कृष्ट शब्द सहितको प्रस्तुतिको पुरस्कार भने ड्राइभ ईन सिस्टर ग्रुपले जित्न सफल भएको छ ।

उत्कृष्ट भेसभुसा पालुङ्गटार नगर स्तरीय महिला सञ्जाल गोरखा, उत्कृष्ट नृत्य क्षेत्री समाज सांस्कृतिक समूह, नेपाल तनहुँ यी बाहेक उत्कृष्ट १० समूहहरूमा पहिलो नम्बरमा व्यास ज्योति धर्म जागरण आमा समूह तनहुँ, दोस्रो सफल उद्यंमशिल महिला समूह पोखरा, तेस्रो नारी सेवा आमा समूह तनहुँ, चौथो सशक्तीकरण महिला लघुद्यंमशिल क्लब पोखरा, पाँचौँ दिपज्योेति आमा समूह तनहुँ, छैटौँ अकला मा.वि. पालुङ्गटार गोरखा, सातौँ खड्गमाई आमा समूह बन्दीपुर तनहुँ, आठौँ  तल्लो खहरे आमा समूह तनहुँ, नवौँ वडहरवोट आमा समूह पोखरा र दशौँमा जनजारण आमा समूह पुरस्कृत भएका थिए । कार्यक्रम खड्गदेवी मन्दिरको प्राङ्गणमा भाद्र १५ गते देखि २२ गते सम्म सञ्चालित थियो । हरेक दिन तीन जना निर्णायक रहेको इज्लासले निर्णय सार्वजनिक गरेको थियो ।

प्रतियोगिताले तीजको मौलिकता र आजको आवश्यकता के हो भन्ने कुरा बुझ्नको लागि बढी जोड गरेकोले परिणाम समेत त्यही अनुरूप  आएको निर्णायक एवं कार्यक्रम सांस्कृतिक विभाग प्रमुख डा. तुलसीराम खनालले बताउनुभयो । सो उत्सवमा ख्यातीप्राप्त कलाकारहरूको बेजोड प्रस्तुति रह्यो । रिता के.सी, पुरुषोत्तम न्यौपाने, प्रजापती पराजुली, शान्ति डोेटेल, सुनिता नेपाली, रेशम निर्दोष, सावित्रा हड्खले, सिता परियार, शर्मिला गुरुङ, उमादेवी खनाल लगायत दुई दर्जन कलाकारहरूले बन्दीपुरलाई सङ्गीतले गुलजार बनाएका थिए । यसका साथै हरेक दिन बन्दीपुरका स्थानीय जातजातिका सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो ।

उत्सवमा १० हजार व्यक्तिको सहभागिता गराउने लक्ष्य रहेकोमा २१,००० बढीको सहभागिता रहँदा सोचे भन्दा राम्रो कार्यक्रम भएको संयोजक श्री किरण पोख्रेले दाबी गरे । बन्दीपुरको धार्मिक एवं सांस्कृतिक पक्ष प्रस्फुटन गराउने उद्देश्य सहित आयोजना गरेको यस उत्सवको संरक्षक बन्दीपुर गाउँपालिका, प्रमुख व्यवस्थापक एवं प्रायोजक बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेड, सह प्रयोजक गोरखा ब्रुअरी, बन्दीपुर ह्विस्की, प्रमुख पुरस्कार प्रायोजक चन्द्र निर्माण सेवा प्रा.लि., द्वितीय पुरस्कार प्रायोजक डिजाइन स्टेसन प्रा.लि., तृतीय पुरस्कार प्रायोजक बीज बजार लिमिटेड, चौथो पुरस्कार प्रायोजक केज कन्सल्टेन्ट प्रा.लि. र सह प्रायोजक अन्य पुरस्कारहरू बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्रायोजन गरेको थियो ।

उत्सव आयोजकको रूपमा प्रमुख आयोजक बन्दीपुरहिल र बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेड, सह आयोजकको रूपमा पर्यटन विकास समिति बन्दीपुर, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर इकाइ, क्षेत्रीय होटेल सङ्घ बन्दीपुर, रेवान बन्दीपुर जिल्ला बार एसोसिएसन, आरकेडी महिला उद्यंमशिल क्वल, बन्दीपुर गा.पा सांस्कृतिक विभाग रहेका थिए । यस कार्यक्रमले बन्दीपुरको सांस्कृतिक पक्षको प्रवर्धन गर्न सफल भएको मुख्य आयोजक एवं प्रायोजक बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले दाबी गरेको छ । तीज सप्ताहन्न उत्सव कार्यक्रम सम्पन्न गर्नको लागि लगभग २१ लाख रुपैयाँ खर्च भएको आयोजकले बताएको छ ।

यो पनि पढ्नुहोस्

वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

६ दिन अगाडि
आज तराईमा होली पर्व भव्य रूपमा मनाइँदै

आज तराई–मधेशमा हाेली पर्व मनाइँदै

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्यास अभाव समाधान गर्न निर्देशन

सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घट्याे

निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आज सकिँदै

जासुसीमा संलग्न ठानिएका कम्तीमा २० जना पक्राउ

सरकार गठन गर्न १० दिन लाग्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक