काठमाडाैँ / काठमाडाैँकाे सुन्दरीजलमा बिहीबार ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा महिलाको शव भेटियाे। महिलाकाे शव गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा भेटिएकाे हाे।
शव भेटिएपछि हत्या भएकाे आशंकमा प्रहरीले अनुसन्धान अगाडि बढायाे। मृतक महिलाका आफन्तहरु पनि सम्पर्कमा नआएपछि प्रहरीले प्राविधिक पक्ष र मानवीय सूचनाहरुको विश्लेषण गरेर अनुसन्धान अगाडि बढायाे।
जिल्ला प्रहरी परिसर काठमाडाैँका अनुसार अनुसन्धानका क्रममा अहिलेसम्म २ जना पक्राउ परेका छन्। मृतक महिलाकाे परिचय पनि उनीहरु पक्राउ परेपछि खुलेकाे हाे।
उनी सिरहाकी राम दुलारी भएको भन्ने बुझिएको छ। पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा छन्। उनीहरुलाई शनिबार बसुन्धरा क्षेत्रबाट पक्राउ गरिएको हाे।
परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार हत्याको पछाडि प्रेम सम्बन्ध कारण रहेकाे बुझिएकाे छ।
४० वर्षीया रामविनय र मृतक राम दुलारीबिच २ वर्षदेखि प्रेम सम्बन्ध रहेकाे थियाे। राम दुलारीले मजदुरी गर्थिन भने रामविनय जुत्ता सिलाउने गर्थे।
राम दुलारी पर पुरुषसँग लाेगेकाे रामविनयले थाहा पाएपछि हत्या गरेकाे हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ।
घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे छ।