काठमाडौं । मोरङ, सुनबर्षी नगरपालिका-९ मुस्लिम टोल बस्ने हमिद आलमको छोरा ११ वर्षीय सोफियन आलम मियाँको चट्याङ लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
घर पछाडि रहेको रूखमुनि खेलिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
जुम्ला, तातोपानी गाउँपालिका-७ बस्ने २१ वर्षीया कौशिला रावलकी ९ महिने छोरीको चट्याङ लागेर आइतबार राती मृत्यु भएको छ । सोही गाउँपालिका-७ स्थित थुमलचौर पाटनमा कौशिलाले उनलाई भेडा गोठालो लिएर गएको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । साथै चट्याङ लागेर घाइते भएकी कौशिलाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।