रूकुम पश्चिम । मुसिकोट नगरपालिका-५ सेरीगाउँ बस्ने दुर्गा बहादुर बोहराको किराना पसलमा विद्युत सर्ट भई आइतबार राती आगलागी हुँदा पसलभित्र रहेका खाद्यान्न सामाग्री लगायतका सामान जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।