काठमाडौँ/ राजदूत नियुक्ति समावेशी नभएको सार्वजनिक अभिव्यक्ति दिएको केही दिनमै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कांग्रेस नेतृ चित्रलेखा यादवको नाम अष्ट्रेलियाको राजदूतका लागि प्रस्ताव गरेकी छन्।
उनले मन्त्रालय तहबाट यादवको नाम प्रस्ताव गरेकी हुन्। उनको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गर्नुपर्छ ।
कांग्रेसको कोषाध्यक्षका रुपमा समेत जिम्मेवारी सम्हालिसकेकी यादवले पूर्व उपसभामुखको जिम्मेवारी समेत निर्वाह गरेकी छन्।