काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला १३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १२ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ४५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।