काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा फलोअर्स घटाउने अभियानमा लागेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
स्रोतका अनुसार मनबहादुर कार्कीलाई बिहीबार ४ बजे महाबौद्धबाट नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। साइबर ब्युरोले भने ४ दिन अगाडि प्रधानमन्त्री ओलीविरुद्ध लेखेको स्टाटसको कारण उनलाई पक्राउ गरेको बताएको छ।
मंगलबारबाट प्रधानमन्त्री ओलीको फेसबुकमा फलोअर्स घटाउने अभियान चलिरहेको छ। उनको मंगलबार ६लाख ३२ हजार फलोअर्स थिए भने हाल ५ लाख ९१ हजार फलोअर्स छन्।
पक्राउ परेका कार्कीलाई कुन मुद्दा चलाइने भन्नेबारे खुलिसकेको छैन।