काठमाडौं । सरकारले हरितालिका तीजको अवसर पारेर आजदेखि औपचारिक रुपमा टिकटक चल्न थालेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले एउटा सूचना मार्फत यो कुराको जानकारी दिएको हो ।
सूचनामा भनिएको छ- ‘नेपाल सरकार, मन्त्रिपरिषद्को २०८१/०५/०६ गतेको बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाईएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाईएको रोक हटाउन दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ