सोम, जेष्ठ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चलचित्र ‘अग्नीदहन’ प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
चलचित्र ‘अग्नीदहन’  प्रदर्शन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक चलचित्र ‘अग्नीदहन’ हालै भारतको बिहारस्थित सीतामढीमा प्रदर्शन गरिएको छ । बिहारको सीतामढीस्थित कमाण्डेन्ट अफ एसएसबी–२० औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र चलचित्रको निर्माण पक्षको उपस्थितिमा चलचित्र प्रदर्शन गरिएको हो । यो चलचित्र नेपालमा आगामी मंसिर ७ गते प्रदर्शन हुँदैछ ।

कार्यक्रममा नेपाल भारत भातृ मञ्चका संस्थापक अध्यक्ष डा. नवलकिशोर सिंह, कार्यक्रम संयोजक मनोहर मिश्र, चलचित्रका परिकल्पनाकार तथा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष कोविद शरण उपाध्याय, चलचित्रका निर्देशक घनश्याम लामिछाने, निर्देशक शिवजी लामिछाने, प्रतिष्ठानका केन्द्रीय सदस्य नारायण देवकोटालगायतको उपस्थिति थियो । भारत भ्रमणको संयोजन मुरली मनोहर सिंहले गरेका थिए भने कार्यक्रमको सञ्चालन उनले नै गरेका थिए ।

चलचित्रका परिकल्पनाकार उपाध्यायले बिहारमा आफ्नो चलचित्रको ऐतिहासिक प्रदर्शन भएको जनाए । ‘हामीले त्यहाँ भोजपुरी भाषामा प्रदर्शन गर्यौ । त्यहाँ एसएसबीबाट उच्च सम्मानका साथ यो अभियानको  चलचित्र ‘अग्नीदहन’को स्वागत गर्नुभयो । हामी निकट भविष्यमै भारतका विभिन्न राज्यमा र विशेष गरी सीमावर्ती क्षेत्रमा लैजाने तयारी गरेका छौं’, उनले भने, ‘नेपाल भारतको सीमावर्ती क्षेत्रमा शिक्षामूलक चलचित्र नबनिरहेको अवस्थामा हाम्रो चलचित्र त्यहाँको लागि नयाँ कुरा भयो । त्यसकारण पनि उहाँहरु ‘अग्नीदहन’ प्रति सकारात्मक हुनुहुन्छ ।’

परिकल्पनाकार उपाध्यायका अनुसार आगामी छठ पर्वका अवसरमा फिल्म ‘अग्नीदहन’ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शितलनिवासमा प्रिमियर हुँदैछ ।
उनले आफूहरु पुगेको स्थानका जनताले फिल्म हेरेपछि ‘बोक्सी हुँदैन रहेछ । यो भ्रम र मनको डर रहेछ’ भनेको स्मरण गरे । तराईमा मधेसी जनताले ‘डाइन नई होइछे’ भनेर प्रतिक्रिया दिएको जनाए ।

फिल्मका निर्देशक घनश्याम लामिछानेले एउटा डरलाग्दो विषयलाई फिल्ममा उठान गरिएको बताए । ‘फिल्ममा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौं । फिल्ममा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उनले भने ।
फिल्म मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो । यो संस्था बोक्सी कुप्रथालाई शिक्षा र चेतनाको माध्यमद्वारा अन्त्य गरी नेपाललाई बोक्सी कुप्रथाको अन्धविश्वासबाट मुक्त गराएरै छोड्ने अठोटका साथ २०७१ सालमा स्थापना गरिएको हो ।
फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ । फिल्ममा भुवनेश्वर शर्मा पौडेल र मोहनराज पौडेल संरक्षक छन् ।

फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ ।
यो फिल्मलाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले हेरिसकेका छन् । फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपाली सीमाबाट तृणमूल कांग्रेसका नेता पक्राउ

नेपाली सीमाबाट तृणमूल कांग्रेसका नेता पक्राउ

५ घण्टा अगाडि
किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा दिदै ग्लोबल आइएमई बैंक

किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा दिदै ग्लोबल आइएमई बैंक

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सर्वदलीय बैठकमा पुराना दल अनुपस्थित

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक