काठमााडाैँ / दुग्ध किसानले यस पटकको दूध आपूर्ति गरेबापतको भुक्तानी प्राप्त गर्ने भएका छन्।
बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दूध किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिएको हो।
आर्थिक वर्ष २०८१/८२ मा दुग्ध विकास संस्थानको कच्चा दूधको आपूर्तिकर्ता दुग्ध किसानहरूलाई भुक्तानी गर्न बाँकी रकम भुक्तानी दिने प्रयोजनार्थ नगद प्रवाह व्यवस्थापन गर्नेगरी प्रविधि सुधार तथा व्यवसाय बिस्तार गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।
यस्तै बैठकले ओलम्पिक पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख रुपैयाँ, प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेकाे छ।