सर्लाही । चन्द्रनगर गाउँपालिका-२ बिर्ता बजारस्थित सडकमा म.प्र-०१-००१ क ३२२ नम्बरको टिपरमा बिहीबार दिउँसो आगलागी हुँदा टिपरको टायर र वायरिङ्गको भाग जलेर करिब २० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।
टिपरको बेसबाट गिटि र बालुवा झार्ने क्रममा विद्युतको तारमा छुँदा करेन्ट प्रवाह भई आगलागी भएको बुझिएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।