काठमाडौं । बारा, सिम्रौनगढ नगरपालिका-५ ठुलो ईटवाल बस्ने जादोलाल महतोको घरमा बुधबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २ लाख २२ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कास्की, पोखरा महानगरपालिका-१० अस्पताल चोकमा पार्किङ गरी राखेको ग.३ च ७३०४ नम्बरको कारमा बुधबार दिउँसो आगलागी हुँदा कारको अगाडिको भाग र ईन्जिन जलेर नष्ट भएको भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।