अर्घाखाँची । सितगंगा नगरपालिका-१४ ढावास्थित छाहारे खोलाले बगाएर २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा कपिलबस्तु बाणगंगा नगरपालिका-२ बस्ने २८ वर्षीय उमेश पौडेल र सोही नगरपालिका-२ बरगाउँ बस्ने २३ वर्षीय किशोर रास्कोटी रहेका छन् ।
नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिमलपानीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।