काठमाडौं । मकवानपुर, भिमफेदी गाउँपालिका-६ जुरीखेत एघार घुम्तीस्थित सडकमा प्र.२-०३- ०११ प ३४७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट ५ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा चालक पर्सा वीरगंज महानगरपालिका-१५ लक्षुमन्वा बस्ने ४० वर्षीय वृत नारायण यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि वीरगंजतर्फ लगिएको छ । सुनसरी, गढी गाउँपालिका-२ भमरी चोकस्थित सडकमा को.२ ह १८३७ नम्बरको टेम्पोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने प्रमोद साह हलुवाईको छोरा ४ वर्षीय प्रमन साहको सोमबार बेलुकी मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल टंकीमा उपचारको क्रममा मृत्यु भएको हो । टेम्पो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।