काठमाडौं । बैतडी, पाटन नगरपालिका-६ डुङग्रा बस्ने ५७ वर्षीया जानकी लुहारको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घर नजिकै ग्याबिङ जालीमा कपडा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको डियस मेडिकल पाटनमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोरङ, सुन्दरहरैचा नगरपालिका-३ लोचनी सोमबारे बस्ने ३९ वर्षीय डिल्ली बहादुर बिष्टको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । आफ्नै गोठमा पानीको विद्युतीय मोटर चलाई सफा गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
रामेछाप, दोरम्बा शैलुङ गाउँपालिका-५ रजमन्टार डाँडागाउँ बस्ने ७० वर्षीय भिम बहादुर श्रेष्ठको करेन्ट लागेर सोमबार राती मृत्यु भएको छ । आफ्नै घरमा रहेको विजुलीको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।