काठमाडौं । केही दिनदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजारमा पुनः उछाल आएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ मा रोकिएको छ।
त्यस्तै, आज १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ रुपैयाँको कारोबार भएको छ। आइतबार १० अर्बको कारोबार भएको थियो । ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर खरिद बिक्री भएको छ।
२३९ कम्पनीको मूल्य वृद्धि भएको छ भने ५ वटा कम्पनीको शेयर मूल्य घटेको छ। नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपरमाइ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्कम सर्किट लागेको छ।