काठमाडौं । चितवनकी विपना गोले (नाम परिवर्तन)को घरमा साँझ बिहान दुई छाक खान धौधौ थियो ।
श्रीमानले ज्याला मजदुरी गरेर दुई चार पैसा कमाउँथे । तर, कमाएको पैसाले दिनहुँ रक्सी खाएर घरमा झैझगडा गर्थे । विपनालाई चार छोराछोरीको पालनपोषण गर्न कठिन थियो ।
कसरी बालबच्चालाई पेटभरी ख्वाउने भन्ने चिन्ताले विपनालाई सधैँभरी सताईरहन्थ्यो ।
यत्तिकैमा एक दिन विपनालाई नयाँ नम्बरबाट अपरिचित व्यक्तिको फोन आयो ।
विपनाले को रहेछ भनेर फोन उठाउँदै कुरा गर्नुभयो । पछि त्यो फोन गर्ने मान्छेले सामाजिक सञ्जाल (फेसबुक) मा साथी बन्न अनुरोध पठाए । विपनाले अनुरोध स्वीकार गर्नुभयो र साथी बन्नुभयो ।