रौतहट । मधेस प्रदेशका निवर्तमान अर्थमन्त्री तथा प्रदेशका सदस्य सुनिल कुमार यादव जितेन्द्रले आफैले पढेको विद्यालयमा पुगेर सम्मान ग्रहण गरेका छन् ।
फतुया बिजयपुर नगरपालिका वडा नं.१० दुधिअवा स्थित मावि दुधिअवाले सोही विद्यालयमा अध्ययन गरेर अहिले सोही क्षेत्रको सांसद हुँदै मन्त्रीसम्म भएको भन्दै त्यो विद्यालयको गर्वको विषय भएको भन्दै सम्मान गरेको हो । दुधिअवाले आयोजना गरेको शुभकामना, सम्मान कार्यक्रम गरिएको थिए । विद्यालयमा कक्षा १ देखि एसएलसीसम्म अध्ययन गरेका थिए ।
मन्त्री यादवले सोही विद्यालयमा अध्ययनरत जनशक्ति राजनीति मात्रै नभई निजामति, शिक्षक, बैंक, सुरक्षा क्षेत्रलगायत बिभिन्न क्षेत्रमा जान सफल रहेको जनाए ।
सोही विद्यालयमा यादवले अर्थमन्त्री हुँदा अधुरो भवन निर्माणकालागि बजेट बिनियोजन गर्ने जनाए ।
फतुया बिजयपुर नगरपालिकाबाट पहिलो पटक प्रदेश सांसद तथा अर्थमन्त्री पाएको हुनाले विद्यालयका शिक्षाहरु खुशी भएको थियो ।
विद्यालयको कम्पाउन्ड वाल , बजेट मिलाउँछ भनेर आश्वासन दिएका थिए ।