पोखरा । गण्डकी प्रदेश सरकारमा एमाले पनि सरकारमा सहभागी भएको छ।
केन्द्रको गठबन्धन अनुसार गण्डकीमा पनि एमाले र कांग्रेसको मात्रै सरकार बन्नुपर्ने र मन्त्रालय संख्या ७ लाई नबढाउने अडानमा रहेको एमाले अन्ततः दुबै सर्त मानेर सरकारमा सहभागी भएको हो।
आफूलाई दुःखमा साथ दिएका नेकपा माओवादीको चुनाव चिह्नबाट जितेका फडिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र जितेका राजिव गुरुङ उर्फ दीपक मनाङेलाई कुनैपनि हालतमा नहटाउने अडानमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अडिग रहेपछि अन्ततः एमाले लत्रिएर सरकारमा सहभागी हुन बाध्य भएको हो। एमालेको सर्त नमानेका मुख्यमन्त्री पाण्डेले मन्त्रालय संख्या ७ बाट बढाएर ९ पु¥याउन उल्टै एमालेलाई सहमत गराएका छन्।
जस अनुसार गण्डकीमा कांग्रेसले ५ र एमालेले ४ मन्त्रालय लिने सहमति भएको छ। कांग्रेसले आफ्नो कोटाबाट देवकोटा र मनाङेलाई मन्त्री बनाएर यथावत् राखेका छन्।