काठमाडाैं । संस्कृति संरक्षण गर्ने कुरा विकास विरोधी हो भन्ने गलत भाष्य निमार्णका कारण नेवा: समुदायका मुर्त अर्मुत सांस्कृतिक सम्पदाहरू क्रमश लोप हुने अवस्थामा पुगेका छन् ।
नेवाः देय् दबू तथा नेवाः मिसा दबूको संयुक्त आयोजनामा कल्चरल सर्भाइभल तथा पवन्का फन्डको आर्थिक सहयोगमा सांस्कृतिक संरक्षित क्षेत्र र नेपाल भाषा सांस्कृतिक पुनरुत्थान विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका सांसद तथा पूर्व कानूनमन्त्री गंगाराम श्रेष्ठले नेवा समुदायका मुर्त अर्मुत सांस्कृतिक सम्पदाहरू क्रमश लोप हुने अवस्थामा पुगको बताउनु भयो । वहाँले नेपाल भाषा र तामाङ्गभाषा सरकारी कामकाजको भाषा बनाउन निकै कठिनाई भएको तर कार्यान्यन गराएरै छाड्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
संघीय संसदका सदस्य तथा बागमती प्रदेशका सांसदको उपस्थिति रहेको कार्यक्रममा नेवाः देय् दबूका उपाध्यक्ष उमेश स्थापितले सांस्कृतिक संरक्षण क्षेत्र, नेपालभाषा, नेपाललिपि र सांस्कृतिक पुनरुत्थान विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । हाम्रो संविधानले बहुल जाती, बहुलभाषा संस्कृतिको संरक्षण गर्नुपर्ने सुनिश्चितता गरे पनि संरक्षण र संवद्र्धनको सवालमा कार्यान्वयन हुन नसकेकाले यो हक प्राप्त गर्न राज्यको दायित्व के हो भन्ने प्रश्न अहिले पनि यथावत रहेको उहाँले अवगत गराउनुभयो । बढ्दो बसाईसराइ, संस्कृति संरक्षणमा चासो कमहुनु मुख्य चुनौती रहेको औल्याउदै यसका लागि समुदायलाई जोडेर लाने दायित्व राज्यको भएको उहाँको भनाइ थियो ।
सांस्कृतिक संरक्षित क्षेत्र अन्र्तगत काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकामा सांस्कृतिक संरक्षणनगर घोषणा गराउन पहल गर्न र नेपाल भाषा तथा संस्कृति पुनरुत्थान कार्यक्रम अन्तर्गत नेपाल भाषा तथा लिपिका कक्षाहरू सञ्चालन गर्ने लगायतका विविध कार्यहरू भइरहेको जानकारी गराउँनु भयो ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले आफनो तर्फबाट यस विषयमा सहकार्य गर्ने प्रतिबद्धता ब्यतm गर्नुभयो । साथै आफु काठमाडौंको उपमेयर हुँदा सस्कृतिको लागि अडान लिएको विषय पनि स्मरण गर्नुभयो ।
बागमती प्रदेशका पूर्व पयंटन मन्त्री तथा सांसद शैलेन्द्र बज्राचार्यले आहिले उपत्यकामा भएका जति पनि सास्कृतिक धरोहरहरू छन्, ती रैथाने आदिवासीले गर्दा जिवित रहेको तर गुठी जात्रापर्व धान्नको लागि आवश्यक आर्थिक स्रोत जुटाउन गाह्रो भएको बताउँनु भयो । त्यसै कारण संस्कृति पनि विस्तारै लोप हुने अवस्थामा रहेको बताउनुभयो ।
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सांस्कृतिक रुपान्तरण नगरिकन नयाँ समाजको निमार्ण हुन नसक्ने भन्दै सांस्कृतिक रुपान्तरणको कुरा गर्दा नेवाः समुदायको भाषा, लिपी लगायतका सबै मुर्त अमुर्त सम्पदाहरू राष्ट्रिय सांस्कृतिक सम्पदा बनाउनुपर्नेमा जोड दिनुभयो ।