बुध, असार २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

दाहाललाई ओलीको चेतावनी – बंगलादेशबाट राम्ररी सिक !

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
देशका लागि काम गरिरहेकाहरुलाई अपमान गर्न संगठित प्रयास भइरहेको छः प्रधानमन्त्री ओली
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकारले बंगलादेशबाट सिक्नु पर्ने’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको भनाइको कडा शब्दमा प्रतिवाद गरेका छन् ।

दाहालले कांग्रेस एमालेको सरकारले संसद्को‌ गणितका आधारमा शासन गर्न खोजेको भन्दै बंगालादेशकाे राजनीतिक उथलपुथलबाट शिक्षा लिनुपर्ने भन्दै आएका छन् । ओलीले सरकारले नभई ‘१० वर्षे हिंसात्मक द्वन्द्व’ को नेतृत्व गरेको माओवादी अध्यक्ष दाहालले ‘राम्ररी सिक्न’ चेतावनी दिएका छन् । उनले आफूले नभई दाहालको नेतृत्वमा १७ हजार मान्छे मारिएको उल्लेख गर्दै आफूले खुट्टा कमाउनु पर्ने कुनै कारण नभएको बताए ।

‘हिजो प्रचण्डजीले बंगलादेशबाट सिक भन्नुभएछ, मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? मैले लुटपाट गरेको छु र ?’, ओलीको चेतावनी छ, ‘श्रीलंकाबाट सिक, बंगलादेशबाट सिक भनेर जो चर्को स्वरमा भन्दै हुनुहुन्छ । म भन्दैछु राम्ररी सिक ।’

उनले बंगालादेशमा भएको राजनीतिक उथलपुथल नेपालमा संभव नभएको दाबी गरे । ‘बंगलादेशमा केही भयो भने नेपालमा त्यही हुन्छ ? नेपाल कुनै देशको फोटोकपी होइन,’ उनले भने ।

उनले संविधानलाई देश र जनताको पक्षमा परिस्कृत गर्दै जाने उल्लेख गर्दै माओवादी प्रजातन्त्रको विरुद्ध लागेका हुनाले चर्को स्वर गर्न उचित नभएको बताए । ‘जो यो प्रणाली र डेमोक्रेसीविरुद्ध लड्यो उसैका ठूला कुरा ?’ ओलीको भनाइ थियो, ‘अब कहिल्यै पनि त्यस प्रकारको हिंसा संभव छैन । उल्टै हामीलाई तर्साउन खोज्ने ?’

उनले आफू पनि बारुदका बीचमा यात्रा गरेर आएको उल्लेख गर्दै माओवादी सशस्त्र युद्धको विरोध गर्दै आएको बताए । ‘माओवादीले जनयुद्धका नाममा हिंसा फैलाइरहेका बेला, अन्धाधुन्द लुटिरहेको बेला, मान्छे मारिरहेका बेला चर्को विरोध गरेँ’ उनले भने, ‘मैसँग सेना थिएन, प्रहरी थिएन चर्को विरोध गरेँ । विरोधमात्र गरिनँ, कसरी वार्ता संवादको प्रयास गरेँ ।’

ओलीले शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तकको विमोचन गर्दै शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध भएको बताए । राजनीतिप्रति घृणा फैलाउने प्रयासले समाजलाई संस्कारहीनता, अराजकता र बेथितितर्फ लग्ने प्रयास भइरहेको उनले बताए । ‘अहिलेको सरकारले कसैमाथि अन्याय र अत्याचार गर्दैन,’ उनले भने, ‘आफ्नो हित र रक्षाका लागि केही गलत काम गर्दैन तर जनताको हित र रक्षाविरुद्ध कसैले काम गरेमा विधिको शासनबमोजिम शान्ति सुरक्षा र सम्मान कायम गर्छ ।’

प्रधानमन्त्री ओलीले राज्यका निकायले कानुनको पालना गर्नुपर्ने उल्लेख गर्दै न्यायोचित कानुनलाई सबैले मान्न पर्ने बताए । ‘कानुनको विवेकसम्मत कार्यान्वयन हुनुपर्छ । लोकतन्त्र सरकार र सबैको जीवनपद्धति हुनुपर्छ । हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौं,’ उनको भनाइ थियो ।

उनले आफूलाई एक वर्ष १० महिना सरकारको नेतृत्व गर्ने समय भए पनि त्यसअघि नै कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए । उनले न्यायिक कमाईबाहेक अरु सम्पत्तिमा लोभ नगर्ने, अनैतिक काम नगर्ने, जानी जानी झुठ नबोल्ने, अरुको अहित नगर्ने, भ्रष्टाचार नगर्ने र गर्न नदिने उल्लेख गर्दै देशको अर्थतन्त्र शिथिल भएका बेला अर्थतन्त्रलाई सुधार्दै गरिबीको दुष्चक्रबाट मुलुकलाई माथि उठाउने दाबी गरे ।

यो पनि पढ्नुहोस्

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसमा धमाधम कारबाहीमा परे नेताहरु !

३ घण्टा अगाडि
कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक