आइत, जेष्ठ १२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रास्वपाले २०८४ को आमनिर्वाचनलाई लक्षित छाया सरकार सञ्चालन गर्ने

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
आजदेखि रास्वपाको वडा अधिवेशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८४ को आमनिर्वाचनलाई लक्षित गरेर स्थानीय तहमा छाया सरकार सञ्चालन गर्ने कार्यविधि केन्द्रीय समिति बैठकमा पेस गरेको छ । भदौ ११ गते बसेको केन्द्रीय समिति बैठकमा पार्टीले तयार गरेको स्थानीय छाया सरकार सञ्चालन कार्यविधि २०८१ को मस्यौदा प्रस्तुत भएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनुसार मस्यौदामा थप सुझाव लिने निर्णय बैठकले गरेको छ । ‘२०८४ को निर्वाचन हामी संघमात्र लड्ने हैन नि । हामीले स्थानीय तह देखिनै तयारी गर्ने हो‚’ उनले भने । कार्यविधिमा रास्वपाले स्मार्ट वडाध्यक्षको अवधारणा राखेको छ ।

यस्तै क्यान्डिडेट क्लब‚ लिडरसिप एकेडेमीको अवधारणा पनि कार्यविधिमा राखेको छ । यी तीन विषयले पार्टीलाई ०८४ को स्थानीय तह निर्वाचनको तयारीलाई सहयोग गर्ने बुझाई रास्वपाको छ ।

झाका अनुसार सो प्रावधान अनुसार स्मार्ट वडाध्यक्षले आफूलाई अहिलेबाटै वडाध्यक्षको तयारी गर्ने बताए । ‘चुनाव आउनु दुई वर्ष अघि नै वडाध्यक्ष को हुन्छ ? कसको नेतृत्वमा चुनाव लड्ने ? चुनाव लड्नेको भिजन के हुने लगायत अहिले देखिनै वडा सञ्चालन कसरी गर्ने भनेर उसले सिक्दै जान्छ‚’ उनले भने । सोही प्रक्रिया गाउँ र नगरपालिकामा पनि लागू गर्नेगरी कार्यविधि तयारीमा रास्वपा जुटेको छ । पार्टीले देशभर रहेका ६७४३ वडामै छाया सरकारको अभ्यास गर्ने निर्णय गरेको हो ।

विगतमा पनि नेपाली कांग्रेस लगायत दलले सङ्घमा छाया सरकार गठन गरे पनि रास्वपाले भने स्थानीय तह अर्थात् वडाबाटै छाया सरकारको अभ्यास गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता झाको भनाई छ ।  ‘सङ्घीयताको सुन्दर पक्ष भनेकै स्थानीय तह हो । सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने स्थानीय तह नै अव्यवस्थित र भ्रष्ट छ । उत्तरदायी र अनुशासित स्थानीय सरकार हुन सकेको छैन‚’ झाले भने‚‘त्यसलाई जिम्मेवार बनाउन हामीले चाहेका हौँ ।’

नेपालमा सामाजिक सञ्जालमा बढी राजनीति भएको र राजनीतिले धरातल छोड्न थालेको भन्दै झाले थपे‚ ‘सामाजिक सञ्जालको स्ट्याटस र कमेन्ट हेरेर राजनीति गरे राजनीति सफल हुँदैन ।’ कार्यविधि कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले सबै सदस्यलाई बाँडिसकेको उनले जानकारी दिए । उनले आगामी केन्द्रीय समितिमा कार्यविधि पास गर्ने र राष्ट्रिय भेलाबाट अभियानको रूपमा लन्च हुने बताए ।

‘राष्ट्रिय भेलामा यो अभियानको रूपमा लन्च हुन्छ । अनि एक्सनमा जान्छ‚’ उनले भने ।

यो पनि पढ्नुहोस्

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

२२ घण्टा अगाडि
राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

२३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

पाँच लाख भारतीय रकमसहित पक्राउ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक