बिहि, साउन १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

जसपा नेपालको पदाधिकारी चयन विवाद कारण अभियान प्रभावित

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 mins read
0
जसपाले सप्तरी जिल्ला अघ्यक्षलाई कुट्‍ने इन्सपेक्टरलाई तत्काल बर्खास्त गर्न माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
sharethis sharing button

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पदाधिकारी तथा कार्यकारिणी समिति सदस्य चयन गरेपछि पार्टीमा तीव्र असन्तुष्टि बढेको छ ।  त्यसको फाइदा हालै सो पार्टीबाट अलग भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई हुने देखिएको छ ।

जसपाका नेताहरूले जसपा नेपालका असन्तुष्ट नेताहरूसँग सम्पर्क गरिरहेका छन् । जसपा नेपालका असन्तुष्ट नेताहरूमध्ये कतिपयलाई फोनमार्फत, कतिपयलाई भेटेर नै सम्पर्कमा आउन आग्रह गरिरहेको जसपाका एक नेताले जनाए ।

जसपाका महासचिव इस्तियाक राईले जसपा नेपालमा असन्तुष्ट रहेका नेताहरूलाई आफ्नो पार्टीमा आउन आग्रह गरेका छन् । उनले भने, ‘फोरमदेखि जसपा नेपालसम्म पार्टीमा जे–जे घटना भए, सबै उपेन्द्रकै कारणले भएको हो र बिस्तारै पार्टीका सबै नेताहरू उहाँबाट अपमानित हुनुपर्छ । त्यसैले त्यहाँ अपमानित भएर बस्नुभन्दा सम्मानपूर्वक राजनीति गर्नका लागि जसपामा आउन आग्रह गरेको छु ।’

जसपा नेपालमा असन्तुष्ट रहेका नेताहरूको सम्पर्कमा आफू रहेको बताउँदै उनले कुराकानी भइरहेको जानकारी दिए । जसपा नेपालले जेठ २८–३१ गतेसम्म जनकपुरमा सम्पन्न गरेको महाधिवेशनबाट सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति गठन गर्ने म्याण्डेट पाएका थिए ।

उनले महाधिवेशन सकिएको एक महिनापछि केन्द्रीय समिति घोषणा गरेका थिए । पछि उनले पदाधिकारी तथा कार्यकारिणी समिति पनि चयन गरे । त्यसमा नेताहरूले तीव्र असन्तुष्टि जनाएका छन् ।

महाधिवेशनका अधिकांश उम्मेदवार चुनावी प्रक्रियाबाटै केन्द्रीय कमिटी तथा पदाधिकारी चयन हुनुपर्ने पक्षमा थिए तर उपेन्द्र यादवसहित केही नेताले चुनावी प्रक्रिया स्थगित गरेका थिए । पदाधिकारीसहितको केन्द्रीय समिति अध्यक्ष यादवले चयन गर्ने भनिएको थियो ।

महाधिवेशनमा उपेन्द्र यादवलाई चुनावी प्रक्रियामा जाँदा पदाधिकारीमा मधेसको मात्रै प्रतिनिधित्व हुन्छ र पहाडबाट कोही पनि आउन सक्दैन भन्ने डर थियो । त्यही बुझेर उनले चुनाव स्थगित गराएको नेताहरूले बताए ।

उपेन्द्र यादवले भदौ १० गते २० जना पदाधिकारी, १० जना केन्द्रीय कार्यकारिणी समिति सदस्य, २७ जना केन्द्रीय सदस्यसहित केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग घोषणा गरेका थिए ।

सो घोषणाबाट कतिपय नेता असन्तुष्ट छन् । उनीहरूमध्ये केहीले पार्टी छाड्ने चेतावनी दिएका छन् भने कतिपयले निर्णय सच्याउन आग्रह गरेका छन् । लुम्बिनी प्रदेशका इन्चार्ज अशोक यादवले पदाधिकारी तथा कार्यकारिणी समितिका लागि गरेको निर्णय सच्याउन आग्रह गरेका छन् ।

उनले भने, ‘जसपा नेपाल निर्माण गर्नमा तराई मधेसका हामीजस्ता हजारौँ युवाको बलिदानीपूर्ण इतिहास छ ।’ पार्टी महाधिवेशनमा विभिन्न षड्यन्त्र गरी निर्वाचन रोकेर तराई मधेसका क्रान्तिकारी योद्धाहरूलाई बाइपास गरी केन्द्रीय समिति र पदाधिकारी घोषणा गरिएको उनको आरोप छ ।

पार्टी नेतृत्वले अपरिपक्व निर्णय लिएको आरोप लगाउँदै उनले यसविरुद्ध पार्टीभित्र सङ्घर्ष गर्ने चेतावनी दिए । यो निर्णय सुधार भएन भने विद्रोह हुने चेतावनी दिँदै उनले भने, ‘निर्णय सच्याइएन भने पार्टी अध्यक्ष उपेन्द्र यादव कुनै भगवान होइनन्, जसरी पटकपटक मधेसका क्रान्तिकारी नेताहरूलाई समाप्त पार्ने षड्यन्त्र गरेका छन्, त्यसरी नै कुनै दिन उनैलाई समाप्त गर्न सक्छ ।’

पार्टीमा देखिएको यो खालको असन्तुष्टिले भदौ ९ गतेदेखि सुरु भएको जसपा नेपालको चार महिने अभियान पनि प्रभावित हुने देखिएको छ । सबैभन्दा बढी असन्तुष्ट मधेस प्रदेशमा छ । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोज यादव, पूर्वमन्त्री योगेन्द्र राय यादव, युवा नेता अशोक यादवलगायत थुप्रै नेता पदाधिकारी तथा कार्यकारिणीमा समेटिएका छैनन् ।

यहाँसम्म कि जसपा अध्यक्ष उपेन्द्र यादव आफैँ बाराबाट उपचुनाव जिते तर त्यहाँका एक जना नेतालाई पनि पदाधिकारी तथा कार्यकारिणीमा राखिएको छैन । शनिबार सो अभियान अन्तर्गत जनकपुरमा कार्यक्रम आयोजना गरिँदैछ । त्यस्तै कार्यक्रम आइतबार वीरगञ्जमा छ । यी कार्यक्रमहरू प्रभावित हुने आशङ्का नेताहरूले गरेका छन् ।

कार्यक्रम प्रभावित नहोस् भनेर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका सम्पूर्ण नेता तथा कार्यकर्तालाई कार्यक्रममा उपस्थित हुन निर्देशन दिइसकेका छन् । पार्टीका असन्तुष्ट नेताहरूले कार्यक्रममा उपस्थित नहुने भनेका छन् ।

जसपा नेपालकै नेता प्रभुराम श्रेष्ठले परिस्थितिले जसपा नेपालमा बस्ने अवस्था नरहेको बताए । पार्टीका अर्का केन्द्रीय सदस्य पूर्ण बस्नेतले पनि सामाजिक सञ्जालमार्फत पार्टीका निर्णयप्रति असन्तुष्टि जनाइसकेका छन् ।

यो पनि पढ्नुहोस्

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

१० घण्टा अगाडि
पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

घट्याे सुनचाँदीकाे भाउ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक