सुनसरी ।धरान उपमहानगरपालिका-१३ निशानेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १७ किलोग्राम बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीलाई देख्नासाथ २ जना पैदलयात्रीले झोला छाडी फरार भएपश्चात झोला तलासी गर्दा उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।