शुक्र, जेष्ठ ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ब्राजिलमा अझै अलपत्र अवस्थामा १ सय ७६ जना नेपाली

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
ब्राजिलमा अझै अलपत्र अवस्थामा १ सय ७६ जना नेपाली
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलको साओ पाउलोस्थित ग्वारुलहोस् अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ७६ जना नेपाली केही दिनदेखि अलपत्र अवस्थामा छन् ।

अमेरिका जान भनी मानव तस्करको पछि लागेर साओ पाउलो पुगेका उनीहरूलाई ब्राजिलको अध्यागमनले रोकेपछि अलपत्र परेका हुन् । ब्रजिलस्थित नेपाली दूतावासका नियोग उपप्रमुख बाबुराम सिग्द्यालका अनुसार उनीहरू काठमाडाैंबाट यूएईको दुबई र पोर्चुगलको लिस्बन हुँदै साओ पाउलो पुगेका थिए ।

ब्राजिल हुँदै तेस्रो मुलुक प्रवेश गर्न खोज्ने व्यक्तिहरूलाई ब्राजिलले कडाइ गरेको छ । ब्राजिलस्थित नेपाली दूतावासले पनि ब्राजिल ट्रान्जिट हुँदै तेस्रो मुलुक जान चाहने यात्रीका लागि नयाँ नियम बनेको भन्दै नेपालीलाई सचेत गराएको छ ।

ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाल लगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको दूतावासले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तब्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोही विमानमार्फत् फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ ।

‘दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै अवैध रुपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देस्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरुमा आउने प्रवृत्ति बढ्दो छ’ दूतावासले भनेको छ, ‘संगठित रुपमा संचालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरु यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ । कयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थितमा फस्न पुगेको पाइएको छ।’

मानव तस्करहरूको संजाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने समेत सन्दर्भमा जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन पनि दूतावासले आग्रह गरेको छ । तर यसबीच नै ब्राजिल विमानस्थलमा १७६ जना नेपाली अलपत्र परेका हुन् ।

यद्यपी ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिकहरू सकुशल रहेका र आवश्यकता अनुसार उनीहरूलाई मानवीय सहायता पुर्याउन दूतावास तयारी अवस्थामा रहेको दूतावासले स्पष्ट पारेको छ । तर एक जना बिरामी परेर अस्पताल भर्ना गरिएको खबर पनि प्राप्त भएको छ ।

ब्राजिलको अध्यागमनले अवैध तरिकाले अमेरिका जाँदै गरेको नेपालीसहित ७ सय जनालाई साओ पाउलोमा रोकेको हो । साओ पाउलो विमानस्थलमा पुगेपछि उनीहरूले आफूहरू शरणार्थी भएको दाबी गरेपछि अध्यागमनले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । नेपाली अधिकारीहरूले उनीहरू कसरी त्यहाँसम्म पुगे भन्ने विषयमा खोजी सुरु गरेका छन् ।

मानव बेचबिखनसम्बन्धी घटनाको अनुसन्धान गर्ने नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले ब्रजिलमा अलपत्र परेका नेपाली नागरिकका आफन्तलाई सम्पर्कमा आउन आह्वान गरिएको जनाएको छ । साओ पाउलो विमानस्थलमा अलपत्र परेका नेपालीहरूसँग पनि नेपाली अधिकारी र दूतावासले सम्पर्कको प्रयास भइरहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले गैरकानुनी माध्यमबाट कुनै पनि देशमा पुगेका यात्रुहरूलाई उनीहरूकै देश फर्काउने जिम्मा सम्बन्धित वायुसेवा कम्पनीकै हुने भएकोले नेपालीहरूलाई स्वदेश फर्काउन समस्या नहुने ठानिएको बताएका छन् । यदि त्यसो भएन भने पनि उनीहरूलाई स्वदेश फर्काउने जिम्मा सरकारको हो । सरकारले उनीहरूलाई जसरी पनि फिर्ता ल्याउने राई बताउँछन् ।

मानव तस्करले केहीलाई ब्राजिललाई ट्रान्जिट बनाएर बोलिभियातिर पठाउने गर्छन् । बोलिभियाले नेपाली नागरिकलाई ‘अन अराइभल भिसा’ दिने हुँदा मानव तस्करले अवैध तरिकाले अमेरिका लैजाने क्रममा जहाजमार्फत् ल्याटिन अमेरिकी राष्ट्र बोलिभिया पु¥याउने गर्छन् । बोलिभियादेखि पैदल, बस, ट्रक, ट्याङ्कर, डुङ्गामार्फत् नै यात्रा हुन्छ । यी सबै यात्रा लुकिछिपी हुनेगर्छ ।

यसपटक साओ पाउलोस्थित ब्राजिलको अध्यागमन कार्यालयमा अलपत्र रहेका नेपालीलाई बोलिभिया नपठाई ब्राजिलसम्म मात्र पठाइएको पाइएको राजदूत काफ्ले बताए । बेलाबखत ब्राजिलको अध्यागमनले बोलिभिया हिँडेका नेपालीलाई पनि आफ्नो देशमा रोक्ने गर्छ । ज–जसलाई ब्राजिलले रोक्छ उनीहरूलाई पहिले नै ‘शरणार्थी हुँ’ भन्न मानव तस्करले नै सिकाएका हुन्छन् ।

साओ पाउलोमा अलपत्र परेका नेपाली, भारतीय र भियतनामीहरूलाई खाना र बस्न राम्रो व्यवस्था नभएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । उनीहरूले शुद्ध पिउने पानी पनि पर्याप्त नपाएको जनाइएको छ । शरणार्थीको लफडा चलिरहेका बेला मानव तस्करले उनीहरूलाई पुनः सम्पर्क गरी अमेरिकाको यात्रामा अघि बढाउने गरेको यसरी अमेरिका पुग्नेहरूले बताउने गरेका छन् ।

संगठित रुपमा संचालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट युवाहरू ब्राजिललगायतका देशमा पुग्ने गरेका छन् । तर गैरकानुनी बाटोबाट अमेरिका र क्यानडा पुग्ने प्रलोभनमा अधिकांश नेपालीहरू ठगिने गरेका छन् । यसरी अवैध तरिकाले अमेरिका जानेहरू प्रत्येकले मानव तस्करलाई ८० लाख रुपैयाँसम्म बुझाउने गरेको जानेहरू नै बताउने गर्छन् ।

मानव तस्करले नेपालीलाई सुरुमा काठमाडौंबाट भारत तथा युनाइटेड अरब इमिरेट् (यूएई) पु¥याउने गर्छन् । त्यसपछि ब्राजिल तथा बोलिभिया पु¥याउने गर्छन् । पछिल्ला समय केहीलाई यूएईबाट अफ्रिकी राष्ट्र हुँदै ब्राजिल तथा बोलिभिया पनि पु¥याउने गरेका छन् । मानव तस्करले ब्राजिलबाट बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका छिराउने गरेको पाइन्छ ।

ब्राजिलदेखि अमेरिकासम्मको यात्रामा अकल्पनीय पीडा बेहोर्नुपर्ने हुँदा केहीको यात्राका क्रममा बाटोमै मृत्यु हुने गर्छ । सन् २०२४ को जुलाइमा पनि साओ पाउलो पुगेका ४०० जना नेपाली र भारतीयले आफूहरू शरणार्थी भएको दाबी गरेका थिए । सन् २०२३ मा ब्राजिलमा शरणार्थीको हैसियत माग गर्ने छैटौं ठूलो संख्या नेपाली भएको देखाएको छ ।

जबकी अहिले नेपालमा न हिंसा छ न कुनै अस्थिरता नै । यो प्रतिवेदनले प्रत्येक वर्ष कति ठूलो संख्यामा नेपालीहरू अवैध तरिकाले ज्यान जोखिममा राखेर शरणार्थी बन्दै अमेरिका जाने गर्छन् भन्ने स्पष्ट देखाएको छ ।

यो पनि पढ्नुहोस्

सलमान रुस्दीको हत्या प्रयास गरेको अभियोगमा सजाय

सलमान रुस्दीको हत्या प्रयास गरेको अभियोगमा सजाय

१० घण्टा अगाडि
बेलायतमा आप्रवासीको संख्यामा वृद्धि

बेलायतमा आप्रवासीको संख्यामा वृद्धि

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित

रवि जोडिएको सुनुवाइ उच्च हेर्दाहेर्दैमा

गोर्खाको पर्यटन र पूर्वाधार विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग

संघीय संसदका दुवै सदनबाट बैंकिङ कसुर सम्बन्धी विधेयक प्रमाणीकरण

पेट्रोलियम पदार्थको मूल्य घट्याे

कारोबारकाे अन्तिम दिन सुनको भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक