विराटनगर। कोशी लोकमार्गको विराटनगरको बरागाछीमा सीटी सफारी चालकले चक्काजाम गरेका छन् । स्थानीय प्रशासनले लोकमार्गको बजार क्षेत्रमा सिटी सफारी चलाउन रोक लगाएपछि चालकहरुले चक्काजाम गरेका हुन् ।
विराटनगर महानगरपालिकाको गेटअगाडि सफारी राखेर प्रदर्शन गरेका चालकहरुले बरगाछीमा लोकमार्ग अवरुद्ध गरेर पनि प्रदर्शन गरेका हुन् ।
विराटनगर महानगरपालिका एवं कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको समन्वयमा ट्राफिक प्रहरीले रानी नाकादेखि विराटनगरको ढाटसम्मको राजमार्गमा सफारी सञ्चालन गर्न बिहीबारदेखि रोक लगाएको छ ।
त्यसको विरोधमा सफारी चालक आन्दोलित भएका चालकहरुले सडकमा सफारी गुड्न पाउनुपर्ने माग राखेको सफारी चालक अनिल रायले जानकारी दिए ।