शुक्र, जेष्ठ ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

डिभोर्स अस्वीकार गरिन्छ, तर हत्यापछि सहानुभूति किन ?

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
छोरीलाई दाइजो हैन शिक्षा, आफ्नै भनाइ कार्यान्वयन गर्ने ठाउँमा ओली !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
 -जानकी पाण्डे,
अमेरिकामा नेपाली नर्स ममता काफ्ले बेपत्ता र उनको हत्या आरोपमा श्रीमान नरेश भट्ट पक्राउ प्रकरणले अहिले चौतर्फी रुपमा महिला हिंसासम्बन्धी विषयमा बहस भइरहेको छ । महिला हिंसाका घटना किन कम भइरहेको छैन ? यस्ता अपराधहरुलाई न्यूनीकरण गर्न के गर्नुपर्ला ? समाज, परिवार, साथीभाइको भूमिका कस्तो हुनुपर्छ ? जस्ता विषयमा अहिले चर्चा भइरहेको हो । साथै, प्रेम तथा विवाह सम्बन्धमा आउने समस्या र डिभोर्स (सम्बन्धविच्छेद) जस्ता विषयमा पनि हामीले वैचारिक मन्थन गर्नुपर्ने अवस्था यो प्रकरणले देखाएको छ । पहिले त यो घटनालाई नै बुझौं । अमेरिकाको भर्जिनियामा ममता तीन हप्तादेखि बेपत्ता रहेको घटनामा त्यहाँको प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई पक्राउ गरेको हो । उनीहरुको १ वर्षको छोरी छिन् । स्थानीय सञ्चारमाध्यम न्युज सेभनले जनाएअनुसार नरेश भट्टलाई मनासस पार्कस्थित उनकै घरबाट बिहीबार पक्राउ गरिएको थियो । ममताको मृत्यु भइसकेको आकलन गरिएको र उनका श्रीमान् नरेशले शव लुकाएर राखेको हुनसक्ने सुराकहरू भेटिएपछि उनलाई पक्राउ गरिएको मनासस प्रहरीले जनाएको छ । परिवारका अनुसार नरेश र ममताबीच सामाजिक सञ्जालमार्फत नै चिनजान भएको थियो । कञ्चनपुरका नरेश अमेरिकातिर बसेको चार÷पाँच वर्ष भइसकेको थियो । उनले आफू अमेरिकाको सेनामा काम गर्ने भन्दै बर्दीमा भएका तस्वीहरु पनि पठाउँथे । भारतको बैंग्लोरमा नर्सिङ पढेकी ममताले परिवारलाई बताएपछि पनौतीमा उनीहरुबीच धुमधामसँग २०७७ मंसिरमा विवाह भएको थियो । भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा काम गर्ने २८ वर्षीया ममता अन्तिमपटक जुलाई २७ मा त्यहाँ देखिएकी थिइन् । जुलाई २८ सम्म साथीहरूसँग सम्पर्कमै रहेको भनिएको छ । तर उनका श्रीमानले भने आफूले ममतालाई अन्तिम पटक जुलाई ३१ मा देखेको प्रहरीसँग बताएका छन् । ममता लगातार काममा नआएपछि उनका सहकर्मीहरूले प्रहरीलाई जानकारी गराएका थिए । विदेशमा बसोबास गर्ने नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । तर, उनीहरुको परिवार, आफन्त नेपालमा छन् । त्यसैले विदेशमा हुने घटनाले अवश्य नै यहाँका परिवारजनलाई पनि असर पर्छ । त्यसैले ममताको घटनालाई हामीले विदेशमा भएको घटनाको रुपमा मात्र हेर्न मिल्दैन । नेपाली समुदायमा अझै पनि वैवाहिक जीवनलाई धेरै प्राथमिकता दिने गरिन्छ । विवाह गरिसकेपछि जस्तोसुकै समस्या आए पनि सम्बन्धविच्छेद गर्न नहुने मान्यता अझै छ । कसैले सम्बन्धविच्छेद गरे विशेषगरी महिलालाई समाजले हेर्ने दृष्टिकोण नै फरक हुन्छ । श्रीमान्सँग मिलेर बस्न नसकेको, महिलामा नै कुनै खोट रहेको जस्ता अनेकन् लाञ्छना लगाउने गरिन्छ । माइती पक्षले पनि सकेसम्म महिलालाई सम्बन्धविच्छेद नगर्न नै सुझाव दिन्छन् । जसका कारण जस्तोसुकै हिंसा भए पनि सहेर बस्न महिला बाध्य छन् । जसका कारण पछि दर्दनाक घटना हुने गरेका छन् । यस्ता समस्या समाधानका लागि सानैदेखि संस्कार, शिक्षा र चेतना आवश्यक देखिन्छ । महिला हिंसा गर्न नहुने शिक्षा पुरुषलाई र कुनै समस्या भए सल्लाह र आवश्यक परे सम्बन्धमा पूर्णविराम लगाउन सकिने चेतना महिलालाई प्रदान गर्न आवश्यक छ । दुवै पक्षको परिवारले पनि समस्या हुँदाहुँदै पनि जबर्जस्ती मिलेर बस्न दबाब दिनुहुँदैन भन्ने मानसिकता विकास गर्न जरुरी छ । समाजमा अझै पनि डाक्टर, नर्स, अधिवक्ता र प्रहरी पेसामा काम गर्ने महिला स्वयं आफूमाथि हिंसा हुँदा बोल्न नसकेको प्रसस्त पाइन्छ । हिंसाबारे बोल्दा परिवारको इज्जत, पेसामा समस्या आउने डर देखिन्छ । के डिभोर्स हुँदा महिलाको मात्र इज्जत जाने हो र ? अब छोरीलाई शिक्षा मात्र नभई हिंसाविरुद्ध आत्मबल पनि दिन परिवारले सक्नुपर्छ । यस्तै, महिला हिंसाका घटनालाई गम्भीर प्रकारको अपराधका रूपमा स्वीकार गरिए पनि महिला र पुरुषबीच रहेको असमान शक्ति सन्तुलन, महिलाको आर्थिक परनिर्भरता र कानूनको कमजोर कार्यान्वयन भइरहेसम्म यस किसिमका अपराधमा कमी आउँदैन । यद्यपि सरोकारवालाको संयुक्त प्रयास र कानूनको प्रभावकारी कार्यान्वयनले यस्ता घटनालाई न्यूनीकरण गर्न अवश्य सकिन्छ । आधुनिक समाजमा महिलाको भूमिका बढ्दै छ । उनीहरु पहिलेजसरी घरभित्र मात्र सीमित छैनन् । घरबाहिर महिलाको उपस्थिति बढ्दै जाँदा पुरुषहरुलाई यो पाच्य भएको देखिँदैन । त्यसैले पनि हिंसाका घटना भएका छन् । यस्तो अवस्थालाई स्वीकार्न सक्ने मानसिकता पुरुषमा विकास गर्न जरुरी छ । यसका लागि देश, समाज, परिवार सबैको भूमिका उत्तिकै हुन्छ । महिला आफूमा नै कसरी सुरक्षित रहने भन्ने चेतना जाग्रित भएन भने हत्या हिंसाको घटना भइरहन्छन् । त्यसैले महिलालाई आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक सबै क्षेत्रमा सशक्तीकरण गर्न जरुरी छ । महिला हिंसा न्यूनीकरण गर्न परिवार र समाजको उत्तिकै दायित्व हुन्छ । जबसम्म सिङ्गो परिवार र समाज यस्ता आपराधिक घटनाविरुद्ध सजग, सचेत र आन्दोलित हुँदैनन् तबसम्म यस्ता घटना न्यूनीकरण गर्न सम्भव छैन । महिला र पुरुष यही समाजका उपज हुन् । यही समाजबाट नै महिलामाथि हिंसा भइरहेको छ । यौनजन्य अपराध, हत्या र हिंसाका विरुद्ध पुरुषकै नेतृत्वमा जनचेतना जागरण अभियान चलाउन आवश्यक छ !

यो पनि पढ्नुहोस्

कीर्तिपुर नगरपालिकामा प्लास्टिक रिसाइकल उद्यम सञ्चालन

कीर्तिपुर नगरपालिकामा प्लास्टिक रिसाइकल उद्यम सञ्चालन

२ हप्ता अगाडि
कीर्तिपुर नगरपालिकालाई प्लास्टिकमुक्त बनाउने

कीर्तिपुर नगरपालिकालाई प्लास्टिकमुक्त बनाउने

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित

रवि जोडिएको सुनुवाइ उच्च हेर्दाहेर्दैमा

गोर्खाको पर्यटन र पूर्वाधार विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग

संघीय संसदका दुवै सदनबाट बैंकिङ कसुर सम्बन्धी विधेयक प्रमाणीकरण

पेट्रोलियम पदार्थको मूल्य घट्याे

कारोबारकाे अन्तिम दिन सुनको भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक