काठमाडाैं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ६ हजार ९६९ कित्तासंस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो । उक्त सेयर को न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ ।
बैंकले यसअघि उक्त सेयर संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो ।
तर ३५ दिनसम्म पनि आवेदन नपरेपछि जो–कोहीले किन्न पाउने गरी पुनः बिक्रीमा राखेको हो ।सो सेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित भदौ २० गतेभित्र कास्कीको पोखरा–२६ विजयपुरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।