काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हरेक दिनलाई परीक्षाको रूपमा सम्झेर काम गरिरहेको जनाउनुभएको छ ।
बुधबार पर्यटन सम्बद्ध निकायहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले कुन निकायमा कुन ऐन, कानुनको खाँचो छ ? प्राथमिकीकरण गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘मैले हरेक दिनलाई परीक्षाको रूपमा लिएको छु । मन्त्रालयको जिम्मेवारीमा आएको दिनदेखि नै कार्यतालिका बनाएर अघि बढेको छु ।’’
मन्त्री पाण्डेले कागजमा भन्दा फिल्डमा नतिजा देखिने गरि काम गर्न समेत विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।
उहाँले मन्त्री र मन्त्रालयको नाममा कसैले अस्वभाविक दवाव,प्रलोभन दिएको अवस्थामा आफूलाई सिधै सम्पर्क गर्न समेत मातहतका निकायलाई आग्रह गर्नुभयो।
उहाँले मन्त्री,सचिव फेरिए पनि संरचना रहिरहने जनाउँदै ईमान्दारिताका साथ काम गर्न समेत निर्देशन दिनुभयो ।
मन्त्री पाण्डेले प्रत्येक बुधबार मन्त्रालय मातहतका सम्बद्व विभाग वा निकायहरूसँग छलफल गर्दै आउनुभएको छ ।