आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यौन मुद्दाले मलायमल फिल्म उद्योगमा हलचल मच्चियाे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
यौन मुद्दाले मलायमल फिल्म उद्योगमा हलचल मच्चियाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । यौन उत्पीडनको मुद्दाले भारतको मलायमल फिल्म उद्योगमा हलचल मच्चिएको छ । महिला अभिनेत्री तथा फिल्मकर्मीले कार्यक्षेत्रमा यौनहिंसाको सिकार भएको भन्दै खुल्न थालेपछि ठूला स्टार पनि विवादमा तानिएका छन् ।

चर्चित अभिनेता तथा कलाकार संघ एमएमएका अध्यक्ष मोहनलालले पदबाट राजीनामा दिएका छन् । अभिनेता र उनको कार्यकारिणी सदस्यले पदबाट राजीनामा दिएको स्थानीय टिभी च्यानलले जनाएको छ ।

मोहनलालले केरलाका मुख्यमन्त्रीलाई आफ्नो निर्णयबारे जानकारी गराएका छन् । संघमा कलाकारमाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेपछि उनको राजीनामा आएको हो ।

मोहनलाल नेतृत्वको मलयालम चलचित्र कलाकार संघका १७ कार्यकारिणी सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

सन् २०१७ मा अभिनेत्री उत्पीडन प्रकरणपछि केरला सरकारले गठन गरेको न्यायाधीश हेमा समितिको प्रतिवेदन सार्वजनिक भएपछि हंगामा मच्चिएको हो । प्रतिवेदनले मलयालम फिल्म उद्योगमा महिला उत्पीडन र शोषणका घटनाको खुलासा गरेको छ । यसपछि आइतबार फिल्म उद्योगबाट दुई जनाले राजीनामा दिएका थिए ।

निर्देशक रञ्जित केरला फिल्म एकेडेमीको अध्यक्ष र अभिनेता सिद्दिकी एएमएएमएको अध्यक्ष थिए । गत शनिबार श्रीलेखा मित्राले रन्जीतले वर्षौंअघिको स्क्रिप्टमा छलफल गर्दा आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । एफआईआर दर्ता गरेपछि प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ । ठोस प्रमाण फेला परे रञ्जित पक्राउ पर्न सक्छन् ।

श्रीलेखाले भनिन्, ‘रञ्जित मलयालम फिल्म उद्योगका ठूलो नाम र राष्ट्रिय पुरस्कार विजेता निर्देशक हुन् । म आगामी फिल्म प्रोजेक्टको बारेमा छलफल गर्न उनको घर गको थिएँ । तर मलाई उनको व्यवहार मन परेन । स्क्रिप्टको बारेमा छलफल गर्दा मलाई असहज महसुस भयो ।’ दुर्व्यवहारपछि आफू फिल्मको हिस्सा बन्न अस्वीकार गर्दै कोलकाता फर्किएको अभिनेत्री श्रीलेखाले बताएकी छन् ।

निर्देशक तुलसीदासमाथि अभिनेत्री श्रीदेविका र गीता विजयनले लगाए आरोप

वरिष्ठ फिल्म निर्माता तुलसीदासमाथि अभिनेत्री श्रीदेविकाले आरोप लगाएकी छन् । उनले तुलसीदासले आफ्नो फिल्म ‘आवान चण्डियुदे माकन’ (२००७) मा काम गर्दा दुर्व्यवहार गरेको दाबी गरेकी छन् । यस फिल्ममा उनीसँगै पृथ्वीराज सुकुमारन थिए । यो घटना सन् २००६ मा फिल्मको सुटिङ चलिरहेको बेला भएको अभिनेत्रीको दाबी छ ।

श्रीदेविकाले भनिन्, ‘अवान चण्डियुडे माकनको सुटिङका क्रममा तुलसीदासले मेरो होटलको कोठाको ढोका ढकढकाउने गर्थे धेरै दिनसम्म । मैले होटलको रिसेप्सनिस्टलाई पनि सोधें, जसले तुलसीदास हो भनेर पुष्टि गर्‍यो ।’

अभिनेत्री गीता विजयनले पनि तुलसीदाससँगको आफ्नो पीडादायी अनुभव सुनाएकी छिन् । आफूले पनि यस्तै उत्पीडनको सामना गर्नुपरेको र यसविरुद्ध आवाज उठाउँदा धेरै फिल्मबाट निकालिएको उनले बताइन् ।

गीताले सन् १९९१ मा आएको फिल्म ‘छनछट्टम’को सुटिङका क्रममा तुलसीदासले लगातार दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । तर तुलसीदासले यी आरोप अस्वीकार गरेका छन् । ‘छनछट्टम’ को सुटिङका क्रममा आफू कहिल्यै गीताको ढोकामा नगएको उनको दाबी छ ।

 

यो पनि पढ्नुहोस्

आठ वर्षपछि निर्देशनमा रेखा थापा

आठ वर्षपछि निर्देशनमा रेखा थापा

२ घण्टा अगाडि
सोना श्रेष्ठ दक्षिण एसिया विभाग महानिर्देशक नियुक्त

सोना श्रेष्ठ दक्षिण एसिया विभाग महानिर्देशक नियुक्त

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

मतदाता शिक्षा कार्यक्रम सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक