सोम, असार ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रहरी कार्यालय मुक्तिनाथको नयाँ भवन निर्माण

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
प्रहरी कार्यालय मुक्तिनाथको नयाँ भवन निर्माण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लेखना । मुस्ताङको बारगुङ मुक्तिक्षेत्र गाउँपालिकामा इलाका प्रहरी कार्यालय मुक्तिनाथको नयाँ भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको तीन करोड ६० लाख लगानीमा तीनतले भवन निर्माण भएको हो ।

भवनसहितको कार्यालय परिसर साढे छ रोपनीमा छ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार आयोजित समारोहमा भवन उद्घाटन गर्नुभएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङको संयुक्त आयोजनामा भएको कार्यक्रममा मुख्यमन्त्री पाण्डेले मुक्तिनाथ आउने तीर्थालु, पर्यटक र स्थानीयको शान्ति, सुरक्षामा खटिन नयाँ भवन उपयोग हुने बताउनुभयो ।

समाजमा शान्ति, सुरक्षा कायम राख्न र कानुनी राज्यको अनुभुति दिलाउन प्रहरीको प्रयासमात्र पर्याप्त नहुने जनाउँदै उहाँले स्थानीय नागरिकको मुख्य भूमिका हुने उल्लेख गर्नुभयो। प्रदेश सरकारले प्रहरीलाई अपेक्षाकृत सहयोग गर्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।

“संविधान अनुसार कानुन नबन्दा प्रहरी समायोजन हुन सकेको छैन । समायोजन नहुँदा चाहेर पनि प्रदेश सरकारले आवश्यकता र अपेक्षा अनुसार प्रहरीलाई सबै सहयोग गर्न सकिएको छैन,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो । प्रदेशको शान्ति, सुरक्षाका लागि सरकारले सुरक्षा निकायहरुलाई भौतिक पूर्वाधार, उद्धार सामग्री, उपकरणसहित क्षमता विकासमा सहयोग गर्दै आएको उहाँको भनाइ छ ।

इलाका प्रहरी कार्यालय मुक्तिनाथ यसअघि रानीपौवाको पुरानो धर्मशालाका चार कोठाबाट सञ्चालित थियो । रानीपौवा क्षेत्रको सुरक्षालाई ध्यान दिँदै अब एउटा कोठामा सानो युनिट राखिने र कार्यालय नयाँ भवनबाटै सञ्चालन हुने मुस्ताङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहको अध्यक्षतामा भएको कार्यक्रममा सांसद योगेश गौचन थकाली, मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ध्रुव अधिकारी, बारगुङ मुक्ति क्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नमगेल गुरुङलगायतले बोल्नुभएको थियो ।

इलाका प्रहरी कार्यालय मुक्तिनाथमा प्रहरी निरीक्षकको कमान्डमा अहिले १३ प्रहरी कार्यरत छन् । यो कार्यालय अन्तर्गत इलाका प्रहरी छुसाङ र प्रहरी चौकी कागबेनी पर्छन् । समारोहमा भवन निर्माण र जग्गा प्राप्तिका लागि सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

१३ घण्टा अगाडि
सोमारी महोत्सवमा कलाकारसँग विभेद

सोमारी महोत्सवमा कलाकारसँग विभेद

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक