शनि, जेष्ठ ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमै पहिलो पटक नेपालगन्जमा १० किलोमिटर रात्रि दौड हुने

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
नेपालमै पहिलो पटक नेपालगन्जमा १० किलोमिटर रात्रि दौड हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

खजुरा । धारा नेपालगन्ज म्याराथनको १० औँ संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रूपमा नेपालमै पहिलो पटक नेपालगन्जमा १० किलोमिटर रात्रि दौड आयोजना गर्न लागिएको छ । नेपालगन्ज रात्रि दौड आउँदो संविधान दिवस २०८१ असोज ३ गते बिहीबार राति हुनेछ ।

राति ९ बजे स्थानीय बीपीचोकबाट दौड सुरु हुने बताइएको छ । एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट प्रमाणीकरण रुटमा रात्रिकालीन दौड सञ्चालन गरिनेछ । नेपालगन्ज म्याराथनको आयोजक क्रियटिभ ह्याण्डस्ले धारा नेपालगन्ज म्याराथनको १० औँ संस्करणलाई भव्य बनाउन अन्य विभिन्न १० इभेन्टसँगै रात्रि दौड आयोजना गर्न लागेको जनाएको छ । भदौ १ देखि खेलाडीको नाम दर्ता खुलिसकेको संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो ।

पहिलो पटक आयोजना हुन लागेको हुँदा नाइट रनमा व्यावसायिक र कम्तीमा ५ किमी दौडको अनुभव भएका धावक–धाविकालाई मात्र सहभागी गराइने आयोजकको भनाइ छ । पुरुष, महिला र भेट्रानतर्फ स्पर्धा गराइने आयोजकले जनाएको छ । १० किमी रात्रि दौडसँगै अन्यका लागि फन रनका रूपमा सहभागी गराइने छ । पुरुष र महिलातर्फका शीर्ष तीन जनालाई क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार नगदसहित पुरस्कृत गरिनेछ ।

भेट्रानतर्फ १५ हजार, १० हजार र ५ हजार नगद प्रदान गरिने छ । दर्ता मिति भदौ १५ गतेदेखि २० गतेसम्म राखिएको छ । रात्रिकालीन दौड भिन्दै प्रकृतिको भएको हुँदा आयोजकले विशेष व्यवस्थापन, तयारी र सुरक्षा प्रबन्ध मिलाएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेल्न नेपाली महिला फुटबल टिमको घोषणा

थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेल्न नेपाली महिला फुटबल टिमको घोषणा

२२ घण्टा अगाडि
विश्वकपमा नेपाल पहिलो हुने विश्वास

विश्वकपमा नेपाल पहिलो हुने विश्वास

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

कानुन सबैलाई समान खोई ? कानुनको शासन यस्तै हुन्छ ?

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

सर्वोच्चमा गृहमन्त्री लेखकको बर्खास्तीको माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक