काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको फागुनमा सम्पन्न महासमिति बैठकबाट सुझावसहित पारित प्रतिवेदन केन्द्रीय समितिबाट संशोधनका लागि आन्तरिक छलफल थालेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा साउन २३ बाट सुरु भएको केन्द्रीय समितिको बुधबारको बैठकले ती प्रतिवेदनका साथै पार्टीले अन्य निर्णय गर्ने तयारी गरेको छ।
बुधबार दिउँसो ३ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको कांग्रेसले प्रतिवेदनलाई अन्तिम रूप दिन देउवाले मंगलबार पार्टी पदाधिकारीहरूलाई बुढानीलकण्ठ बोलाएका छन्।
विशेषगरी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले महासमिति हुँदै केन्द्रीय समितिमा पेस गरेका प्रस्तावमा समेटिएका केही विषयमा केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाएका छन्।
त्यसलाई संशेधन गर्नुपर्नेमा केन्द्रीय समितिका अधिकांश सदस्य भए पनि महामन्त्रीद्वय थापा र शर्मा प्रस्तावलाई मतदानमा लैजाने पक्षमा देखिएका छन्।