सोम, बैशाख ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

ओमानी विदेशमन्त्रीको नेपाल भ्रमण : कूटनीतिक अध्ययन-प्रशिक्षणमा सहकार्यसम्बन्धी समझदारी हुँदै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
ओमानका विदेशमन्त्री बल्सुसैदी नेपाल भ्रमणमा आउँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / नेपाल र ओमानबीच कूटनीतिक अध्ययन र प्रशिक्षणमा सहकार्यसम्बन्धी समझदारी हुने भएको छ । नेपालको परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) र ओमानको विदेश मन्त्रालयअन्तर्गतको कूटनीतिक प्रतिष्ठानबीच कूटनीति अध्ययन र प्रशिक्षणमा सहकार्यका विषयमा समझदारी पत्रमा मंगलबार हस्ताक्षर हुन लागेको हो ।

परराष्ट्र स्रोतका अनुसार ओमानका विदेशमन्त्री सइद बद्र बिन हमाद बिन हमुद बल्सुसैदीको दुई दिने औपचारिक नेपाल भ्रमणका क्रममा उक्त विषयमा समझदारी हुन लागेको हो । परराष्ट्रका एक अधिकारीका अनुसार अन्य विषयमा समझदारी गर्नका लागि छलफल भए पनि अझै टुंगो लाग्न भने बाँकी नै छ ।दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएपछि पहिलो पटक ओमानबाट विदेशमन्त्रीकै तहमा नेपालको भ्रमण भएको हो । नेपालको उच्च तहमा भ्रमण गर्ने क्रममा सोमबार बेलुकी बल्सुसैदी काठमाडौं उत्रिएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा आएका विदेशमन्त्री बल्सुसैदीले मंगलबार बिहान परराष्ट्रमन्त्री राणासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उक्त अवसरमा दुई मुलुकबीचका विभिन्न एजेन्डामाथि छलफल गर्नुको साथै समझदारी पत्रमा समेत हस्ताक्षर हुनेछ ।

विदेशमन्त्री बल्सुसैदी त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेर मंगलबार बेलुका ओमान फर्कने कार्यक्रम छ । ओमान नेपालीहरूको वैदेशिक रोजगारीका लागि पश्चिम एसियामा एउटा महत्त्वपूर्ण मुलुक हो । ओमानमा अहिले करिब २४ हजार नेपाली श्रमिक रहेका छन् ।

ओमानको लागि नेपालकी पूर्वराजदूत शर्मिला पराजुली ढकालले ओमान पश्चिम एसियामा नेपालको महत्त्वपूर्ण मित्र रहेको बताइन् । उनले ओमानबाट नेपाललाई महत्त्व दिँदै पहिलो पटक विदेशमन्त्रीस्तरमा भ्रमण भएको र यसलाई नेपालले सदुपयोग गर्न सक्नुपर्ने उल्लेख गरिन् ।

‘ओमानसँग नेपालले धेरै कुरामा सहकार्य गर्न सक्छ । ग्रिन इजर्जी र फर्टिलाइजरमा नेपालले सहकार्य गरेर फाइदा लिन सक्छ,’ उनले भनिन्, ‘ओमानले नेपालको ऊर्जा क्षेत्रमा पनि लगानी गर्ने चाहना व्यक्त गरेको छ ।’

यो पनि पढ्नुहोस्

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

१६ सदस्यीय ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन

१८ घण्टा अगाडि
देउवा पक्षले अदालतको फैसलालाई आत्मसात् गर्ने निर्णय

देउवा पक्षले अदालतको फैसलालाई आत्मसात् गर्ने निर्णय

२२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पूर्वरा ज्ञानेन्द्रका साथ पूर्वरानी कोमल शाह पनि पोखरा भ्रमणमा जाने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बजारमा सुनचाँदीको मूल्य बढ्याे

अवकाश प्राप्त सैनिकहरूले पुर्‍याएको योगदान अविष्मरणीय

१६ सदस्यीय ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन

प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक