शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

श्रीलङ्कामा विदेशी लगानीकर्तालाई स्वागत गर्ने प्रतिबद्धता

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
श्रीलंकाले १० वस्तुमा आयात प्रतिबन्ध हटायो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कोलम्बो । श्रीलङ्काका प्रमुख मार्क्सवादी नेता तथा आगामी महिना हुने राष्ट्रपतिका उम्मेदवारले आफू राष्ट्रप्रमुख निर्वाचित भएमा विशेषगरी हरित ऊर्जाका क्षेत्रमा विदेशी लगानीकर्तालाई छानेर स्वागत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पूर्व कृषिमन्त्री तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका मार्क्सवादी नेता अनुरा कुमारा दिसानायका सन् २०२२ को आर्थिक मन्दीका लागि स्थानीय भ्रष्टाचारबाट आजित मतदातामाझ लोकप्रिय मानिन्छन् ।

अकल्पनीय आर्थिक सङ्कटका कारण आक्रोशित प्रदर्शनकारीले तत्कालिन राष्ट्रपति गोटबाया राजापाक्षेलाई अपदस्थ गरेपछि सेप्टेम्बर २१ मा पहिलो पटक मतदान हुनेछ ।

संसदबाट निर्वाचित राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० को २।९ अर्ब अमेरिकी डलरको बेलआउट ऋणलाई निरन्तरता दिने बताइरहेका समय दिसानायकाले उक्त सम्झौताका विविध बुँदामाथि पुनः वार्ता गर्ने प्रतिवद्धता जाहेर गर्दै भारी कर कटौतीको योजना सार्वजनिक गरेका छन्।

“हामीसँग ठूलो मात्रामा पूँजी लगानी गर्ने क्षमता छैन त्यसैले हामी नवीकरणीय ऊर्जाजस्ता क्षेत्रमा विदेशी कम्पनीहरूलाई आमन्त्रण गर्नेछौं,” दिसानायकाले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै भने ।

श्रीलङ्कामा ३९ जना उम्मेदवार चुनावी मैदानमा छन्, तर मुख्यतया दिसानायका, विक्रमासिङ्घे र विपक्षी दलका नेता सजिथ प्रेमदासाबीच प्रतिस्पर्धा हुने देखिएको छ । विक्रमासिङ्घे र प्रेमदासा दुवै एउटै विचारधारासँग जोडिएका व्यक्ति हुन् ।

दिसानायकाले सन् २०१९ को राष्ट्रपतीय चुनावमा भाग लिएपनि उहाँले तीन प्रतिशत मात्र मत प्राप्त गरेका थिए।

उनले २२५ सदस्यीय संसद्मा तीन सिट रहेको राष्ट्रिय जनसत्ता गठबन्धनको मुख्य घटक पिपुल्स लिबरेशन फ्रन्ट ९जेभीपी० को नेतृत्व गरेका छन् । कर कटौती गर्ने उहाँको आह्वानलाई धेरैले समर्थन गरेका छन् ।

जेभीपीले सन् १९७१ र सन् १९८७ मा दुई असफल सशस्त्र विद्रोहको नेतृत्व गरेको थियो । दुवै आन्दोलनमा लगभग ८० हजारको ज्यान गुमेपछि पार्टीले हिंसात्मक बाटोलाई त्यागेको छ ।

दिसानायकाले श्रीलङ्कामा राष्ट्रपतीय प्रणाली खारेज गरी सन् १९७८ सम्म कायम रहेको बेलायती शैलीको संसदीय लोकतन्त्रमा फर्काउने प्रतिबद्धता जनाइरहेका छन् ।

विगत तीन दशकमा श्रीलङ्काका प्रायः सबै नेताहरूले शक्तिशाली राष्ट्रपति पद खारेज गर्ने वाचा गरेपनि यसलाई पूरा गर्न असफल भएका छन् ।

यो पनि पढ्नुहोस्

चीनको निर्यात लगातार घट्याे

चीनमा आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने अनुमान

१ दिन अगाडि
सङ्घीय सदनको बैठक बस्दै

आज चार समितिकाे बैठक बस्दै

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द

अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक