शनि, जेष्ठ ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पत्नीलाई विवाहेत्तर सम्बन्धमा रंगेहात पक्रिएबापत ताइबानी पुरुषलाई उल्टै जेल सजाय

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
अवैध लागूऔषध सहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी ।  पत्नीलाई विवाहेत्तर सम्बन्धमा रंगेहात पक्रिएबापत एकजना ताइबानी पुरुषलाई उल्टै जेल सजाय भएको छ ।

ती व्यक्तिले आफ्नी पत्नी परपुरुषसँगको अवैध सम्बन्धमा रहेको बेला रंगेहात समाएका थिए । तर, अदालतले भने घरमा गोप्य क्यामेरा जडान गरेर पत्नीको गोपनीयता हनन् गरेको भन्दै उल्टै ती पुरुषलाई ३ महिनाको जेल सजाय सुनाएको हो ।

फान नामक ती व्यक्तिको धेरै वर्षअघि बिहे भएको थियो र सो दम्पतीका २ वटा सन्तान छन् । तर, उनलाई केही महिनाअघिदेखि नै आफ्नी पत्नीको परपुरुषसँग अनैतिक सम्बन्ध रहेको शंका लाग्यो ।

त्यसपछि उनले पत्नीको कर्तुतको पर्दाफास गर्नका लागि घरको बैठक कोठामा राखिने पियानोमा गोप्य ढंगले निगरानी क्यामेरा जडान गरे । त्यस्तै बेडरुममा रहेको कम्प्युटरसँगै पनि उनले अर्को क्यामेरा जडान गरे । त्यसरी क्यामेरा जडान गरेको दुई हप्तामै उनकी पत्नी एकजना अपरिचित पुरुषसँग बेडरुममै अन्तरंग क्रियाकलापमा संलग्न भएको दृश्य क्यामेरामा कैद भयो ।

आफ्नी पत्नी अर्कै पुरुषसँग सल्किएको सप्रमाण फेला पारेपछि उनले पत्नीसँग डिभोर्स मागे र सोही भिडियो क्लिपसहित डिभोर्सको मुद्दा हाल्ने निधो गरे । त्यसअघि सन् २०२२ को फेब्रुअरीमा उनले पत्नी र उनका वकिललाई सम्बन्ध विच्छेको छलफलका लागि बोलाएका थिए । तर, त्यसमा सहमति जुट्न नसकेपछि उनले पत्नीविरुद्ध आफ्नो सार्वजनिक छवि ध्वस्त बनाएको भन्दै अदालतमा अर्को मुद्दा हाले । तर, उनकी पत्नी पनि के कम ? पतिले आफ्नो सहमतिविना घरमा गोप्य क्यामेरा जडान गरेर आफ्नो गोपनीयता हनन् गरेको भन्दै उनले स्थानीय प्रहरी चौकीमा उजुरी दिइन् । साथै उनले सोही अभियोगमा अदालतमा समेत मुद्दा हालिन् ।

अदालतमा ती पुरुषले घरमा छोराछोरीहरूले आमा धेरैबेर बाथरुममा हराउने गरेको भनेपछि त्यही चिन्तालाई दूर गर्नका लागि क्यामेरा जडान गरेको जिकिर गरे । तर, न्यायाधीशले सो कुरा पत्याएनन् ।

अन्ततः गत वर्षको अन्त्यतिर ताओयुआन अदालतले सम्बन्धित व्यक्तिको सहमति तथा वैध कारण विनै अरु व्यक्तिको गोप्य गतिविधिको दृश्य खिचेको भन्दै फानलाई तीन महिनाको जेल सजाय सुनायो । उनले माथिल्लो अदालतमा पुनरावेदन गरेको भए पनि अदालतले तल्लो तहको फैसलालाई सदर गरेसँगै ती पुरुष ३ महिना जेल बस्नुपर्ने भएको हो ।

यो पनि पढ्नुहोस्

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

१० मिनेट अगाडि
गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

२८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कानुन सबैलाई समान खोई ? कानुनको शासन यस्तै हुन्छ ?

पाँच लाख भारतीय रकमसहित पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक