काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ।
बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार दिउँसो १ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी गराए ।
सचिवालय बैठकका अजेन्डा तय गर्न आइतबार केन्द्रीय कार्यालयमा कार्यालय बैठक बसेको थियो। महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको कार्यालय बैठकले सचिवालय बैठकका लागि पार्टीको वार्षिक कार्यायोजना र समसामयिक राजनीतिक विषयका एजेन्डा तय गरेको छ।
बैठकमा महासचिव पोखरेलसहित उपमहासचिवहरु, सचिवहरु र कार्यालय सचिव सहभागी रहेको एमालेले जनाएको छ।