सोम, चैत्र ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

‘लामिछानेको अपराध प्रमाणित गर्न सक्छु’

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
हामीले चिनेको रवि लामिछाने अब रहनुभएन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / रास्वपाबाट कारबाहीमा परेका पूर्वमहामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई किर्ते र ठगीमा संलग्न अपराधीका रूपमा आफूले प्रमाणित गर्न सक्ने दाबी गरेका छन् । पार्टीले सोधेको स्पष्टीकरणको लिखित जवाफ दिने क्रममा उनले लामिछानेलाई भ्रष्टाचार गरेको र राहदानी दुरुपयोग गरेको आरोप लगाएका छन् ।

रास्वपाको केन्द्रीय समितिले बुधबार ढकाललाई ‘साधारण सदस्यबाट किन निष्कासन नगर्ने ?’ भनी दोहोर्‍याएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सभापति लामिछानेलाई नै सम्बोधन गरेर ढकालले लेखेको स्पष्टीकरणपत्रमा भनिएको छ, ‘तपाईंले सहकारी ठगी गर्नुभएको छ, मन्त्री हुँदा भ्रष्टाचार गर्नुभएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु ।’ उनले सहकारी मुद्दामा लामिछाने ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्ने र भ्रष्टाचार मुद्दामा पनि कैद सजाय भोग्न सक्ने उल्लेख गरेका छन् । राहदानी दुरुपयोगका कारण लामिछाने कहिल्यै निर्वाचनमा भाग लिन नपाउने अवस्थामा पुग्ने पनि ढकालले जनाएका छन् ।

सभापति लामिछानेले गरेको ‘कुकर्म’ पर्दाफास गर्नु पार्टी संस्थापकको हैसियतले आफ्नो कर्तव्य रहेको ढकालले तर्क गरेका छन् । उनले पत्रमा लेखेका छन्, ‘तपाईंले आफू ठग, भ्रष्टाचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ । आम पार्टी सदस्य एवं नेतागणको राजनीतिक भविष्यलाई तपाईंले कसरी आफ्नो निहित स्वार्थका लागि प्रयोग गरिरहनुभएको छ ?’ लामिछानेले आफ्नो वाक्कलाका आधारमा जनतालाई भ्रममा पारिरहेको आरोप पनि उनले लगाएका छन् । कारबाहीको डन्डा चलाउने लामिछानेको ‘दुस्साहस’ ले नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको ढकालको ठम्याइ छ । ‘आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास गर्दै हुनुहुन्छ, यसको परिणामस्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन्,’ उनले पत्रमा लेखेका छन् ।

आफूमाथि गरिएको भनिएको कारबाहीसम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि उपलब्ध गराइपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी उल्टै फेरि स्पष्टीकरणको पत्र पठाइएको ढकालको भनाइ छ । ‘तपाईंलाई साधारण सदस्यबाट किन निष्कासन नगर्ने ?’ भनी रास्वपाले साउन ३० मा पहिलो पटक सोधेको स्पष्टीकरणको जवाफ दिने क्रममा ढकालले आफूमाथि गरिएको भनिएको कारबाहीसम्बन्धी कागजातको प्रतिलिपि मागेका थिए । लामिछानेलाई सम्बोधन गर्दै उनले पत्रमा लेखेका छन्, ‘प्रमाणहरूको प्रतिलिपि माग गरिएको पत्र दर्ता गरी सो बमोजिम कागजात उपलब्ध गराउनुको सट्टा यसरी फेरि स्पष्टीकरण सोध्नाले तपाईंले पार्टीमा विधि विधानविपरीत, थितिरहित हैकमे निरंकुश शासन चलाइरहेको स्पष्ट हुन्छ । मेरो मागबमोजिम कागजात उपलब्ध गराउनुहुन पुनः अनुरोध गर्दछु ।’

आफूले पार्टीको विधान र आचारसंहिताविपरीत कार्य नगरेको, बरु पार्टी जोगाउन लडिरहेको ढकालले दाबी गरेका छन् । ‘आज पार्टीलाई तपार्इं रवि लामिछानेको निरंकुशता, व्यक्तिकेन्द्रित व्यवहार र सोचबाट जोगाउन लागिपरेको छु । तपाईंउपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टीविरुद्ध लाग्नु होइन । प्रश्नका माध्यमबाट पार्टी शुद्धीकरण गर्न पाउने नेपालको संविधानले नै दिएको मेरो लोकतान्त्रिक र राजनीतिक अधिकार हो,’ पत्रमा उनले लेखेका छन् । आफूहरूले पार्टी स्थापना गर्दा लोकतान्त्रिक पार्टीको परिकल्पना गरेको तर २ वर्ष नबित्दै पार्टीको लोकतन्त्र शब्दमा मात्र सीमित भएको ढकालको भनाइ छ । ‘तर नेपाली जनताले पटकपटक बलिदान र त्याग गरेर ल्याएको लोकतन्त्र तपार्इंको निरंकुशतासँग हार्दैन । सिंहको मुटु छ भनेर भाषण गर्नुभयो तर फिस्टो चराको जत्रो पनि मुटु देखिएन,’ ढकालले लामिछानेलाई पत्रमा लेखेका छन्, ‘उल्टै भ्रष्टाचारमा लिप्त हुनुभयो । तपाईंजस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई मुक्त गराउन लड्नु पार्टीको हितमा हो, पार्टीविपरीत होइन । पार्टी र जनताको हितमा लडिरहँदा पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी कारबाहीको प्रयास गर्नु लोकतन्त्रमाथि नै हमला गर्नुसरह हुनेछ । पार्टीविपरीत म होइन, तपाईं लाग्नुभएको छ ।’ पार्टीलाई स्वार्थको झुन्डबाट बचाउन आफूले केही कदम चालेको ढकालको भनाइ छ । उनले उक्त जवाफको बोधार्थ निर्वाचन आयोगमा समेत पठाएका छन् ।

इलाममा गत वैशाखमा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए । उक्त प्रतिवेदनमा सभापति लामिछानेको कार्यशैली र पार्टी सञ्चालन विधिमाथि आलोचना गरिएको थियो । आन्तरिक दस्ताबेज मिडियामा लगेर सार्वजनिक गरेको आरोप लगाउँदै रास्वपाले ढकाललाई असार १२ मा सामान्य स्पष्टीकरण सोधेको थियो । जवाफ दिन २१ गतेसम्म समय दिइएकामा असार १९ मै ढकाललाई पदबाट निलम्बन गरिएको थियो भने असार २५ मा पदबाट हटाइयो । ३२ पृष्ठको प्रतिवेदनबाट दुईवटा बुँदाका विषयमा मात्रै आफूले बाहिर बोलेको र त्यसैलाई लिएर आफूमाथि कारबाही गरिएको ढकालको भनाइ छ । पार्टीले सोधेको हरेक प्रश्नको उत्तर मौखिक र लिखित रूपमा उनले दिइरहेका छन् ।

रास्वपाले ढकाललाई महामन्त्रीबाट पदमुक्त गरिएको जानकारी गराउँदै त्यसलाई दल दर्ता किताबमा अभिलेखीकरण गर्न गत साउन १७ मा निर्वाचन आयोगलाई पत्र पठाएको थियो । त्यसअघि नै ढकालले आफूलाई गरिएको कारबाहीको प्रक्रिया त्रुटिपूर्ण रहेको जिकिर गर्दै आयोगमा निवेदन दिएका थिए । त्यसबारेमा आवश्यक सम्पूर्ण प्रक्रिया बुझ्ने काम भइरहेको आयोगका एक अधिकारीको भनाइ छ ।

यो पनि पढ्नुहोस्

राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग

राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग

३ घण्टा अगाडि
विप्लव नेकपाकाे बैठक बस्दै

विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे चेतावनी

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल टर्की जाने

नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए सेभेन सार्वजनिक

राष्ट्रिय क्रिकेटर करण केसी कारबाहीमा

विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे चेतावनी

राप्रपाको असन्तुष्ट पक्षले थाल्याे पुन: छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक