वीरगञ्ज / साउन ३१ गते पर्सा प्रहरीले जिल्लामा ठूलाे परिमाणमा लागुऔषधको खरिद बिक्री हुन लागेको सूचना पाई जिल्लाको पटेर्वा सुगौली गाउँपालिका ४ अकवा टोलबाट एक जनालाई पक्राउ गर्यो। कालिकामाई गाउँपालिका १ मुडली बस्ने ४० बर्षिय फुलसरिफ मियाँलाई प्रहरीले शँकास्पद अवस्थामा बाँसघारीबाट पक्राउ गरेको थियो।
मियाँको साथबाट तत्कालै ३० केजी गाँजा प्रहरीले बरामद गरेको थियो।सोधपुछ गर्दा भने पर्सा प्रहरीले एक क्विन्टल ९२ केजी लागुऔषध चरेश बाँसघारीमा लुकाईएको अवस्थामा फेला पारेको थियो। यो चालु आर्थिक बर्षको शुरुमै पर्साबाट बरामद भएको ठुलो परिमाणको लागुऔषध हो।तर,पछिल्लो तीन आर्थिक बर्षमा मधेस प्रदेशको पर्सा र बारा जिल्लामा लागुऔषधको तस्करी बढ्दै गएको देखिएको छ।

यी दुबै जिल्लाका प्रहरी तथ्याँक अनुसार लागुऔषध चरेश र नेपालमा प्रतिबन्धित रहेको गाँजा बढी मात्रामा तस्करी हुने गरेको छ। भारतसित खुल्ला सिमानाका कारण लागुऔषध कारोबारीहरुले नेपालबाट भारततर्फ बढी गरेर भरियामार्फत लागुऔषधको तस्करी गराउने गरेका छन।
पर्सा प्रहरीको तथ्याँक अनुसार बितेको आर्थिक बर्ष ०८०/८१ मा ९१ किलो चरेश र चार क्विन्टल गाँजा बरामद गरिएको छ। जबकि अघिल्लो आव ०७९/८० मा भने एक क्विन्टल १४ किलो र आव ०७८/७९ मा भने जम्मा २३ किलो चरेश पर्साबाट बरामद भएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दीपक घिमिरेले जानकारी दिए।
यस्तै गाँजा भने अघिल्लो आव ०७९/८० मा एक हजार एक सय ६५ किलो तथा आव ०७८/७९ मा एक हजार तीन सय ५० किलो बरामद भएको उनले बताए। भारतीका अनुसार जिल्लामा यस बर्ष लागुऔषध समबन्धि मात्रै दुई सय ४ वटा मुदा दर्ता भएकोमा दुई सय ५२ जना नेपाली र २८ जना बिदेशी नागरिकहरुलाई पक्राउ गरिएको छ।जिल्लालाई लागुऔषधमुक्त बनाउने अभियान अन्र्तगत नै प्रहरी परिचालन गरि लागुऔषध कारोबारलाई निर्मुल पार्नमा प्रहरीले लागेकोले ठूलो परिमाणमा लागुऔषध समेत बरामद गरिएको प्रहरी प्रबक्ता दिपक भारतीले बताए।

उनले भारतसित खुल्ला सिमाले गर्दा लागुऔषधको कारोबार हुन नदिनको लागि प्रहरी लागि परेको बताए।उता बारामा भने बितेको आव ०८०/८१ मा ४५ किलो २३ ग्राम चरेश र दुई हजार ५४ किलो गाँजा बरामद गरिएको प्रहरीको तथ्याँकले देखाएको छ।तथ्याँक अनुसार पछिल्लो तीन आवमा बारामा बितेको आवमै सबै भन्दा बढी लागुऔषध चरेश र गाँजा जिल्लाबाट बरामद भएको हो।अघिल्लो आव ०७९/८० मा २४ किलो चरेश र एक हजार ५१७ किलो ५५० ग्राम गाजा बरामद भएको थियो।त्यस्तै आव ०७८/७९ मा भने जम्मा सात किलो ५० ग्राम चरेश र र पाँच सय ३६ किलो गाँजा बरामद भएको थियो।
बारामा नभई मकवानपुर लगायतका जिल्लाहरुबाट ल्याएर बारा हुदै लागुऔषधको तस्करी भारततर्फ हुने गरेकोले रोक्नको लागि जिल्लाको मुख्य मुख्य स्थानहरुमा चेकजाँच गरिरहेको बाराका प्रहरी प्रबक्ता (डिएसपी) प्रकाश सापकोटाले बताए।उनले भारतसित खुल्ला सिमा भएकाले सिमानाका पनि विशेष सर्तकताका साथ चेकजाँच गर्दै आएको बताए।बितेको आवमा जिल्लामा कुल एक सय ३७ जना पक्राउ पर्दा ९२ जना बिरुद्ध मुदा दर्ता भएको थियो।


