शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 2 mins read
0
थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु  गाउँपालिकास्थित  थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको एक अध्ययनले देखाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी तापक्रम वृद्धिका कारण दुई वटा हिमताल फुट्न गई बाढी बस्तीमा पसेको पुष्टि भएको जानकारी गराएको हो। 

बुधवार सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले गराएकाे पत्रकार सम्मेलन

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले माथिल्लो हिमतालमा रहेको हिउँ तापत्रम वृद्धिका कारण पग्लिएको र अविरल वर्षका कारण पानीको सतह पनि बढ्न गई पानीको छाल तल्लो हिमतालमा बजारिँदा त्यस पोखरीको मुख कमजोर फुट्न जाँदा थामेमा बाढी पसेको आफूहरूको प्रारम्भिक अनुसन्धानले देखाएको बताए। 

उनले भने,’ त्यो फुटेको कुरा स्पष्ट देखिन्छ। हामीहरू दुई राउण्ड हेलिकप्टरबाट फुटेजहरू लिएका थियौँ। त्यो फुट्नुको कारण तापक्रम बढ्नु हो। जुलाई र अगष्टमा तापक्रम बढी भएको हामीले पायौँ। असार साउनमा तापक्रम बढी हुन लागेपछि यो फुट्न गएको हो भन्ने पुष्ट्याइँ त्यसले पनि गर्‍यो। हिउँ पग्लेको कारण पानी र त्यसको केही छाल समेत आई तल्लो तालमा गएर बजारियो। र तल्लो तालको मुख कमजोर भएको यो हुन गएको ह । यसमा तापक्रम वृद्धि नै यसको मुख्य कारण हो। ’

प्रमुख कार्यकारी अधिकृत पोखरेलले अनुसन्धानको क्रममा पछिल्लो असार र साउनमा सो भेगमा तापक्रम वृद्धि भएको पनि देखिएको बताए। उनले भने,’ म आफैँ पनि गएको थिए। पातलो जाकेट लगाएर जाँदा पनि त्यत्रो हाईटमा एकदम गर्मी भइराखेको थियो।’

प्राधिकरणकाअनुसार सो हिमताल फुट्नुअघि त्यहाँको आकाशमा कालो बादल मडारिएको र त्यसले अनिष्ट निम्त्याउने संकेत देखिएको स्थानीयताले जनाएका थिए।

उनले भने,’ थामे बजारमा म आफैँले पनि गरेको अन्तरक्रियामा उहाँहरूले के भन्नु भयो भने ३, ४ दिन अघि देखि नै अलिकति अनिष्टको संकेत कालो, निलो खालको बादलहरू मडारिइरहेको कुराहरू गर्नुभयो। त्यो हुनासाथ उहाँहरु बौद्ध धर्म परम्पराअनुसार उहाँहरूले गएर पूजाआजा गर्ने, एउटा टोलीलाई त्यो तालसम्म गएर ध्यान गर्ने कुराहरू गर्नुभएको थियो। त्यो दिन बिहान पानी परेको थिएन। तर त्यो दिन झन कालो बादलहरू थियो। त्यसअघि त्यस्तो खालको कालो बादल उहाँहरूले नदेखेको कुरा हामीलाई राख्नु भयो । हपहप गर्मी र अनवरत रुपमा पानी परिरहेको थियो। 

 थामेमा गत साउन ३२ गते शुक्रवार हिमताल फुटेर बाढी बस्तीमा पस्दा ठूलो क्षति भएको थियो।

यो पनि पढ्नुहोस्

मानव तस्करीसँग लत्पतिएको राजनीतिक नेतृत्व !

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

५२ मिनेट अगाडि

साफ महिला क्लब च्याम्पियनसिप फुटबलमा एपीएफ एफसी र ट्रान्सपोर्टबीच बराबरी खेल्याे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

बीमाबारे बुझाइको कमीबारे स्पष्ट हुन जरुरी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक