उदयपु । चौदण्डीगढी नगरपालिका-३ स्थित सडकमा ईटहरीबाट भागलपुरतर्फ जाँदै गरेको को.२ त ६३४९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर बुधबार दिउँसो दुर्घटना हुँदा चालक ३० वर्षीय तिलक बहादुर राईको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका सह-चालक समेत २ जनालाई उपचारको लागि नगर अस्पताल बेल्टार पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


