बुध, मंसिर २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिका र रूसबीच तनाव बढ्दै जाँदा नेपाली सेना समस्यामा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
अमेरिका र रूसबीच तनाव बढ्दै जाँदा नेपाली सेना समस्यामा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पछिल्ला वर्षहरुमा अमेरिका र रूसबीच तनाव बढ्दै जाँदा नेपाली सेना समस्यामा परेको छ ।

अमेरिकाले रूसी कम्पनी र सामग्रीमाथि प्रतिबन्ध लगाउँदा नेपाली सेनाले रूससँग खरिद गरेको एमआई–१७ हेलिकोप्टर मर्मत गर्न समस्या परेको हो । नेपाली सेनासँग रूसबाट खरिद गरी ल्याएका चारवटा एमआई–१७ हेलिकोप्टर छन् ।

ती हेलिकोप्टरको निश्चित समय पुगेपछि मर्मत गर्नुपर्छ । तर मर्मतका लागि रूस पठाउन र रूसबाट सामान ल्याउन नमिलेपछि लामो समयदेखि दुई हेलिकोप्टर प्रयोगमा आउन सकेका छैनन् । “अमेरिकी प्रतिबन्धका कारण हेलिकोप्टर मर्मतका लागि आवश्यक पर्ने रकम डलरमा रूस पठाउन नमिल्ने भयो । सामान पनि ल्याउन नसकिने भयो,” रक्षा मन्त्रालय उच्च स्रोतले  खुलासा गरेकाे छ ।

रूसबाट सामान ल्याएर हेलिकोप्टर मर्मत गर्ने बाटोहरु बन्द भएपछि केही साताअघि नेपाली सेनाले एमआई–१७ हेलिकोप्टर भारतमा मर्मत गर्न स्वीकृति प्रदान गर्न भन्दै रक्षा मन्त्रालयलाई पत्र लेखेको थियो । “सेनाले अनुरोध गरेको पत्रसहितको प्रस्ताव मन्त्रिपरिषद् बैठक लगियो र बैठकले भारतमा मर्मत गर्न स्वीकृति प्रदान गरेको छ,” रक्षा मन्त्रालय स्रोतले भन्यो ।

मन्त्रिपरिषद्ले स्वीकृत प्रदान गरेपछि खुला प्रतिस्पर्धा गरी भारतको मुम्बईस्थित अमन एभिएसन् एण्ड एरोस्पेस सोलुसन्ससँग सेनाले आफ्नो एमआई–१७ हेलिकप्टर मर्मत गर्ने सहमति गरेको छ ।

“हामीले दुई वटा एमआई–१७ हेलिकोप्टर मर्मत गर्न भारतमा पठाएका छौं । दुईमध्ये एउटाको ममर्त कार्य सकिन लागेको जानकारी प्राप्त भएको छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव कुमार केसीले बाह्रखरीसँग भने । नेपाल सरकारको स्वीकृतिमा प्रतिस्पर्धा गरी भारतमा हेलिकोप्टर मर्मत गर्न पठाएको उनले जनाएकाे छ ।

भारतको वायु सेनासँग २२० वटा एमआई–१७ हेलिकोप्टर छन् । रूससँग खरिद गरिएका ती हेलिकोप्टरको मर्मत कार्य भारतीय वायु सेनाले लामो सयमदेखि भारतभित्रै गर्दै आएको थियो । रूससँग भारतको राम्रो सम्बन्धका कारण मर्मत गर्न आवश्यक सामग्री भारतले रूसबाट सहजै ल्याइरहेको छ ।

अमेरिकाले पनि भारतलाई ‘रूसबाट सामग्री खरिद नगर’ भनी दबाब दिन सकेको छैन । यसैकारण नेपाली सेनाले पनि भारतमै आफ्ना एमआई–१७ हेलिकोप्टर मर्मत गर्ने निर्णय गरेको हो । रूसबाट खरिद गरेका दुईवटा एमआई–१७ हेलिकोप्टर २०७२ जेठ २६ गते नेपाली सेनाले प्राप्त गरेको थियो । रूसको रोसोबोरोनेक्सपोर्टसँग हेलिकोप्टर खरिद गरिएको थियो । त्यतिबेला ती हेलिकोप्टरको पैसा रूस पठाउन निकै गाह्रो भएको थियो ।

रूसको सरकारी स्वामित्वमा रहेको हेलिकोप्टर आपूर्ति गर्ने अधिकार प्राप्त एकमात्र कम्पनी रोसोवोरोनेक्सपोर्टसँग २०७० पुस ४ गते २ वटा एमआई–१७ भि–५ हेलिकोप्टर खरिद गर्ने सम्झौता भएको थियो । अमेरिकाले सन् २०१५ देखि रोसोबोरोनेक्सपोर्टमाथि प्रतिबन्ध लगाउँदै आएको छ । हातहतियार बेचबिखनसम्बन्धी सन्धिको उल्लंघन गरेको भन्दै अमेरिकाले रोसोबोरोनेक्सपोर्टमाथि प्रतिबन्ध लगाएको हो । अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्दै अमेरिकाले उक्त प्रतिबन्धलाई पछि बढाउने निर्णय गरेको थियो । यही प्रतिबन्धका कारण यसअघि रुसबाट हेलिकोप्टर खरिद गर्दा रोसोबोरोनेक्सपोर्टलाई पैसा पठाउन हम्मेहम्मे परेको थियो । ९० प्रतिशत नेपाल राष्ट्र बैंकमार्फत पठाइएको थियो, बाँकी १० प्रतिशत रकम पठाउन कठिनाई आएपछि जर्मनीको बैंकमार्फत पठाइएको थियो ।

रोसोबोरोनेक्सपोर्टले नै जर्मनी र फ्रान्सको बैंकमार्फत भुक्तानी गर्न नेपाली सेनालाई सुझाएको थियो । जुन वर्ष अमेरिकाले रुसी रोसोबोरोनेक्सपोर्टमाथि प्रतिबन्ध लगाएको थियो, त्यही वर्ष अर्थात् २०१५ मा अमेरिकाले नेपाली सेनलाई चारवटा स्काई ट्रक (जहाज) उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । नेपाली सेनाका प्रवक्ता केसीका अनुसार, हाल सेनासँग १८ वटा जहाज तथा हेलिकोप्टर छन् । तीमध्ये ८ वटा मात्र चालु अवस्थामा छन् । बाँकी १० वटा जहाज तथा हेलिकप्टर ग्राउन्डेड छन् । ग्राउन्डेडमध्ये ५ वटा साधारण मर्मतसम्हार गरे हुने खालका छन् ।  बाँकी पाँचवटाको भने सामान्य मर्मत सम्हारले नहुने खालका छन् । यसैबीच गतसाता नेपाल भ्रमणमा आएका अमेरिकी व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्माले नेपाली सेनालाई दुईवटा जहाज (स्काई ट्रक) र दुईवटा वेल हेलिकोप्टर दिने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा ती जहाज र हेलिकोप्टर विपद् प्रतिकार्यका लागि अनुदान सहयोग स्वरुप नेपाली सेनालाई उपलब्ध गराउने जनाएका थिए ।

‘फरेन मिलिटरी फाइनान्स’ अन्तर्गत १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ३८ करोड रुपैयाँ) बराबरको जहाज तथा हेलिकोप्टर नेपाललाई अमेरिकाले उपलब्ध गराउन लागेको हो । माओवादी सशस्त्र संघर्ष चर्किएपछि सन् २००२ मा माओवादी दबाउन अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काई ट्रक दिने प्रतिबद्धता जनाएको थियो । सन् २००२ मा गरेको प्रतिवद्धता पूरा नगर्दै अमेरिकाले सन् २०१५ मा नेपालाई थप दुईवटा स्काई ट्रक उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।

सन् २०१५ मा नेपालमा विनाशकारी भूकम्प गएपछि अमेरिकाले पहिले गरेको प्रतिवद्धतामा दुई जहाज थप गरी चारवटा स्काई ट्रक नेपाली सेनालाई उपलब्ध गर्ने प्रतिवद्धता जनाएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि विपद् प्रतिकार्यका लागि भन्दै स्काई ट्रक दिने प्रतिवद्धता अमेरिकाले गरेको थियो । सन् २०१९ को जनवरीमा अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका तत्कालीन कमाण्डर एड्मीरल फिलिप एस. डेभिड्सनले नेपाल भ्रमण गरेका थिए ।

त्यही बेला नेपालले १७ वर्ष पुरानो प्रतिवद्धता सम्झाएको थियो । त्यसपछि उनले प्रक्रिया अघि बढाउन मद्दत गरेका थिए । प्रक्रिया अघि बढेपछि सन् २०१९ मा अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काई ट्रक उपलब्ध गरेको थियो । अमेरिकाले सन् २००२ र २०१५ मा प्रतिवद्धता गरेका चारवटा स्काई ट्रकमध्ये नेपाली सेनाले हालसम्म दुईवटा मात्र प्राप्त गरेको छ । दुईवटा प्राप्त गरेको छैन । प्राप्त हुन बाँकी दुईवटा स्काई ट्रक र थप दुईवटा वेल हेलिकोप्टर दिने निर्णय अमेरिकाले गरेको गत साता नेपाल भ्रमणमा रहेका बेला अमेरिकी व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री वर्माले जानकारी गराएका हुन् ।

यो पनि पढ्नुहोस्

मजदुरमाथि ज्यादती गरेको भन्दै ध्यानाकर्षण

मजदुरमाथि ज्यादती गरेको भन्दै ध्यानाकर्षण

१० मिनेट अगाडि
सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सहजीकरण गर्ने

सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सहजीकरण गर्ने

३१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

२० इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र शुल्क बुझाउन ताकेता

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

विश्व मानवीय राहतका लागि ३३ अर्ब डलर माग

जेनजीहरूको सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक