शुक्र, मंसिर १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

पोखरामा कुहिएको माछा र मासु बिक्री

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
पोखरामा कुहिएको माछा र मासु बिक्री
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा / पोखरामा कुहिएको माछा र खसीको मासु विक्री गरेको फेला परेको छ। उपभोक्ताको स्वास्थ्यमा गम्भिर खेलवाड गर्दै खानलाई अयोग्य कुहिएका माछा मासु बिक्री गरेको फेला परेको हो।

आइतबार पोखरा महानगरपालिकाले अनुगमन सुरु गरेकै दिनमा २३४ किलो कुहिएको माछा र मासु फेला परेको छ।
महानगरपालिकाकी अनुगमन समिति संयोजक मञ्जुदेवी गुरुङ नेतृत्वको टोलीले पोखराका सिद्धार्थ चोकमा रहेको श्रीकम्पलेक्स, सृजनाचोक र पृथ्वीचोकमा सञ्चालित १७ वटा माछा र मासुका पसल अनुगमन गर्‍यो।

अनुगमन टोलीले कुहिएर खानै अयोग्य २१९ किलो माछा र १५ किलो खसीको मासु जफत गरेको छ। पृथ्वीचोकको बसपार्कमा सञ्चालित लाचन फिस सप्लार्यसबाट १ किलो कुहिएको माछा जफत भएको महानगरका सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए। उनका अनुसार पृथ्वीचोकमै होलसेल माछा बिक्री गर्ने राजु फिस हाउसबाट ८० केजी कुहिएको माछा जफत गरिएको छ। यी दुवैका सञ्चालकलाई ५०÷५० हजार रुपैयाँ जरिवाना गरिएको सापकोटाले बताए।

सृजनाचोकको सद्धाम फ्रेस हाउसबाट खान अयोग्य ८ केजी माछा र खसिको मासु, जस्मिन फ्रेस हाउसबाट ७ केजी खसिको मासु जफत गरिएको छ। दुवै पसललाई ३०–३० हजार रुपैयाँ जरिवाना गरिएको छ।

श्रीकम्प्लेक्सको न्यू रमेश फिस हाउसबाट १३ किलो ३ सय ग्राम सडेको माछा फेला परेको छ। माछा जफत गरी २० हजार रुपैयाँ जरिवाना गरिएको छ। न्यू सुुमन फिस हाउस, सुरज फिस हाउस, नमुना मत्स्य बिक्री केन्द्र लगायत ५ वटा पसललाई १५ हजारका रुपैयाँका दरले जरिवाना गरिएको सापकोटाले जानकारी दिए।

जफत गरिएको माछा र मासुु भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको जैविक डिस्पोजल पीटमा डिस्पोज गरिएको पोखरा महानगर बजार अनुुगमन समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिए। जरिवानाबाट २ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको हो। उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा (घ) को कसुरमा दफा ३९ बमोजिम कारबाही गरिएको छ।

अनुुगमनमा पसल नविकरण नभएको, सरसफाइको कमी, सिसा, जाली नलगाएको, डि–फ्रिज नभएको, माछापसल संचालनका लागि तालिम नलिएको, फोहोर पानीको प्रयोग गरेको लगायत भेटिएको छ।

माछा तथा मासु बिक्री गर्ने अन्य ७ वटा पसललाई मुुल्यसुचि राख्न, पसल सरसफाई गर्न, पसल दर्ता गरी मापदण्ड अनुसार संचालन गर्न निर्देशन दिइएको हो।

पोखरा महानगरपालिकामा गुुनासो आएपछि बजार अनुगमनको सुरुवात गरेको उपमेयर मञ्जुुदेवी गुुरुङले बताइन्। बजार अपेक्षाकृत सुधार नभएको उनको भनाइ छ। ‘विगतका अनुगमनमा बजार सुधार भएको पाएका थियौं। यसपाली त्यस्तो देखिएन। अब नियमित अनुुगमन हुन्छ’, उनले भनिन्।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

२ दिन अगाडि
६० किलो गाँजासहित २ जना पक्राउ

करिब ४ सय ६० किलो गाँजा बरामद

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता

विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न सनपाको माग

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Historic Passage of Pakistan’s Minorities Rights Bill 2025

राजनीतिमा पुरानाको बिकल्प नयाँ !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक