शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नयाँ अन्नबाली पितृ पुर्खा लिब्जु बाजेलाई चढाउँदै ढ्वाङकुम मनाउने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
नयाँ अन्नबाली पितृ पुर्खा लिब्जु बाजेलाई चढाउँदै ढ्वाङकुम मनाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरुले आफ्नो महान् चाड ढ्वाङकुम आज भव्यताका साथ मनाइरहेका छन् । खासगरी ओखलढुङ्गा र खोटाङ मूल थातथलो भएका वाम्बुले राईहरुले नयाँ अन्नबाली पितृ पुर्खा लिब्जु बाजेलाई चढाउँदै ढ्वाङकुम मनाउने गर्छन् ।

उभौलीपर्वको समापनका रुपमा पनि ढ्वाङकुम पर्वलाई लिने गरिन्छ । वाम्बुलेहरुको उद्गम थलो मानिने मानेभन्ज्याङ गाउँपालिका–३ उँबुस्थित ढ्वाङकुमटारमा राँगा काटेर सामूहिक रुपमा लिब्जुको पूजाआजा गर्दै सामूहिक रुपमा यो पर्व मनाउने चलन छ । सुरुमा एकै ठाउँमा पूजाआजा गर्ने चलन थियो ।

पछि यो समुदायको जनसङ्ख्या वृद्धि र बसाइँसराइसँगै विभिन्न जिल्लामा मनाउने गरिएको छ । उदयपुरको कटारी, सुनसरीको धरान, ललितपुरको सानो हात्तीवन, सिन्धुलीलगायत जिल्लामा वाम्बुले समुदायले सामूहिक रुपमा पूजाआजा गर्दै नाचगान गरेर यो पर्व मनाइरहेका छन् ।

प्रकृति पूजक वाम्बुलेहरुले पूजास्थलमा नयाँ अन्नबाली चढाउनाका साथै कागुनीको भात, कोदोको जाँड र राँगाको मासु थुन्सेमा लगेर सामूहिक रुपमा पूजा गर्ने गर्छन् । “हुन त यो पर्व कहिलेदेखि मनाउँदै आएको भन्ने थाहा छैन तर मुगल सेन राजाहरुको पालादेखि मनाउँदै आएको किंवदन्ती छ”, मानेभन्ज्याङ गाउँपालिका–३ उँबुका स्थानीय लक्ष्मण राईले भने, “हाम्रो समुदायको प्रमुख चाड नै ढ्वाङकुम हो ।”

बुलु, सिसी, ढ्वाङकुर्मो र काउर्मो गरी चारजना नाक्सो (पुजारी) हरुले फलाकेर पूजाथानमा पूजा गरेपछि जाँड र कागुनीको भात प्रसाद बाँडेर खाने चलन छ । राँगा काटेर काँचो र पकाएको मासुले  विभिन्न सिकारी देवताहरुको पूजा गरिन्छ । उहिले माले गोरु काटेर पूजा गर्ने प्रचलन भए पनि राणाकालमा मुलुकी ऐन लागू भएदेखि गोरु काट्न छोडिएको थियो ।

पूजास्थलमा नयाँ अन्नबालीका रुपमा मकै, काँक्राजस्ता फलफूल चढाउने गरिन्छ । यसरी पुजा गरेपछि वर्षभरि समुदायका सबैको स्वास्थ्य राम्रो हुने, शान्ति, समृद्धि हुने विश्वास यस समुदायले गर्छन् । पूजाको अघिल्लो दिनदेखि पूजा हुने दिनसम्म दुई दिन बस्तीहरुमा खनजोत गर्न रोक लगाउने गरिन्छ । खेतीपातीको काम गर्न नपाइने हुँदा प्रायः सबै घरधुरीका सदस्यहरु एकै ठाउँ जम्मा भएर संगिना नाच्ने, गीत गाउने र प्रसाद खाने गर्छन् ।

यो चाडमा अन्नबाली कागुनी र मकै पाकिसकेपछि सामूहिक रुपमा प्रकृति, भूमि र सिमलाई आभार प्रकट गरिन्छ । लिब्जुलाई चढाउने सबैभन्दा उत्कृष्ट अन्न जा (कागुनी) मानिन्छ । पहिले पहिले कागु्नी मकैभित्र पातलोसँग छर्ने चलन थियो । यो अन्न सबैभन्दा पहिला पाक्ने अन्न हो ।

भूमि पिता अर्थात् लिब्जुलाई वैशाख पूर्णिमामै भाका मागेर कागुनी पाक्ने बित्तिकै जनै पूर्णिमाको दिन लिब्जुलाई पूज्दै ढ्वाङकुम मनाइने मानेभन्ज्याङ गाउँपालिका–३ ओखलढुङ्गाकै विकास सौगात राईले बताए । “तपाईंलाई वैशाख पूर्णिमामा मनाउनुपर्नेमा सकेनौँ । च्यामाखा (धर्तीमाता) तपाईं नरिसाउनूहोस् । हामीलाई कुनै पनि नराम्रो नहोस् । अशुभ नहोस् । बालीनाली राम्रो होस् । हाम्रो दैनिक जीवनमा नराम्रो नगर्नूहोस् । हामी तपाईंलाई ससम्मान ढ्वाङ्कुम (जनै पूर्णिमा) मा मान्छौँ,” राईले भने, “यसरी फलाकेर आज हामी लिब्जुको पूजा गर्दै रमाउछौँ । यो नै ढ्वाङकुम पर्व हो ।”

विसं २०७८ को जनगणनाको तथ्याङ्कमा वाम्बुले भाषीको सङ्ख्या १५ हजार दुई सय ६८ देखिए पनि मुलुकभर ५० हजार वाम्बुले भाषी रहेको वाम्बुले राई समाजको दाबी छ । “जनगणनाकै बेला पनि भाषाको महलमा वाम्बुले लेख्नुपर्ने ठाउँमा केन्द्रिय तथ्याङ्क विभागले याम्बुले लेखिदिएर गलत गर्यो”, वाम्बुले राई समाजका केन्द्रीय अध्यक्ष गजुरधन राईले भने, “त्यसैले हाम्रो सङ्ख्या वास्तविक आउन सकेन ।”

अध्यक्ष राईले ढ्वाङ्कुम यस समुदायको सबैभन्दा ठूलो सांस्कृतिक चाड रहेको उल्लेख गर्नुभयो । वाम्बुले राई समुदायले वैशाख पूर्णिमादेखि जनैपूर्णिमासम्म उभौलीका रुपमा लिन्छन् भने मङ्सिर पूर्णिमादेखि उधौली मनाउने गर्छन् ।

यो पनि पढ्नुहोस्

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

७ मिनेट अगाडि
नवनियुक्त चार जना मन्त्रीहरूले लिए शपथ

नवनियुक्त चार जना मन्त्रीहरूले लिए शपथ

१८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नवनियुक्त चार जना मन्त्रीहरूले लिए शपथ

एमालेको सचिवालय बैठक आज बस्दै

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक