काठमाडौं । परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय समकक्षीसँग आफ्नो भेट फलदायी भएको जनाएकी छन् ।
राणाले सोमबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी हुन् । उनले भनेकी छन्, ‘नयाँ दिल्लीमा एस जयशंकरसँग फलदायी भेट भयो ।
हामीबिच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको थियो । यो भ्रमणले नेपाल र भारतबिचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु ।’


