शनि, मंसिर २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

असोज १-२ मा रास्वपाको राष्ट्रिय भेला

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
आजदेखि रास्वपाको वडा अधिवेशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चार महिनामै सत्ताबाट हटेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी निर्माणमा जुटेको छ । प्रचण्ड सरकार ढलेसँगै प्रतिपक्षमा पुगेको रास्वपाले केन्द्रसँगै प्रदेशहरु बन्द कार्यशाला (क्लोज क्याम्प) गरेको छ । अब अर्को महिना राष्ट्रिय भेला गर्ने तयारी छ ।

रास्वपाको विधानमा राष्ट्रिय भेलाको व्यवस्था छैन । महाधिवेशन पछिको सर्वोच्च निकायका रुपमा राष्ट्रिय परिषद् छ । विधानमा राष्ट्रिय भेलाको व्यवस्था नभएकाले परिषद्को बैठकमा रुपान्तरण गर्ने गरी भेला गर्न लागिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए ।

१ र २ असोजमा हुने भेलाले नीतिगत, वैचारिक, सांगठनिक रुपले रास्वपालाई थप परिपक्व र स्पष्टता प्रदान गर्ने उनी बताउँछन् । भेलामा देशभरबाट हजार बढी प्रतिनिधि सहभागी हुने कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए । प्रतिनिधि छनोटको विधि भने टुंगो लागिसकेको छैन ।

भेलाको तयारीका साथै प्रतिनिधि छनोटको विधि लगायतकका विषय टुंगो लगाउन कार्यवाहक महामन्त्री बुर्लाकोटी र दुई सहमहामन्त्री सुमना श्रेष्ठ र विपिन आचार्यलाई जिम्मेवारी दिइएको छ ।

छलफलका एजेण्डा तय

राष्ट्रिय भेलामा छलफल गर्ने एजेण्डाहरु भने तय भइसकेको छ । केन्द्र र प्रदेशमा भएको बन्द कार्यशाला (क्लोज क्याम्प) मार्फत तय गरिएका एजेण्डाहरुमाथि नै भेलामा छलफल हुने नेताहरु बताउँछन्, जसमा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी, विधान संशोधन आदि छन् ।

भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् भने कार्यवाहक महामन्त्री एवं संगठन विभागका प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेश गर्ने भएका छन् । प्रस्तावित एजेण्डाहरुमा सबैले धारणा राख्न पाउने वा प्रतिनिधिमूलक रुपमा केहीको सुझाव सुन्न भन्ने टुंगो लागेको छैन ।

समूहगत छलफलका लागि छुट्टा–छुट्टै बैठक कक्ष बनाउन सम्भव नरहेकाले विकल्प सोचिने बुर्लाकोटीले जानकारी गराए । उनले भने, ‘प्रतिनिधिमूलक रुपमा सुझाव लिने भन्ने कुरा पनि छ । कम्तिमा ५ प्रतिशत सहभागीका विचार सुन्ने व्यवस्था गर्छौं ।’

राजनीतिक दस्तावेज अझै अधुरो

मंसिर २०८० मा भएको जलेश्वर बैठकबाट रास्वपाले नीति दस्तावेजको प्रस्तावनामात्रै पारित गरेको थियो ।

आसन्न राष्ट्रिय भेलामा नीति दस्तावेजको थप विषयवस्तु आउने छ, पूर्णता भने पाउने छैन । ‘जलेश्वर बैठकमा राजनीतिक दस्तावेज एक पेजमा प्रस्तावना आएको थियो । राष्ट्रिय भेलामा थप विस्तारित आउँछ । पूर्ण रुपमा भने आउँदैन,’ बुर्लाकोटीले भने ।

रास्वपाले पारित गरेको नीति प्रस्तावनामा शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरु प्राप्त गर्ने उल्लेख छ । ‘राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रुपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक विरासतका रुपमा विद्यमान लैंगिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरुविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरुको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइनेछ,’ जलेश्वर बैठकमा पारित प्रस्तावनामा भनिएको छ ।

सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रुपमा चित्रित गरिएको छ । पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउने रास्वपाको दस्तावेजमा उल्लेख छ ।

जवाफदेहीपूर्ण असल शासनमार्फत् समन्यायिक समावेशी समाज निर्माण गर्ने रास्वपाको लक्ष्य बनाइएको छ ।

‘विपक्षलाई जवाफ दिन्छौं’

२०७९ असारमा गठन भएको रास्वपाले मंसिरको चुनावमा लोभलाग्दो सफलता पाएको थियो ।
प्रत्यक्षतर्फ ७ सिट जिच्नुका साथै समानुपातिकतर्फ ११ लाख बढी भोट पाएको रास्वपा २१ सिट सहित संसदको चौथो ठूलो दल बन्यो ।

प्रचण्ड सरकारमा गयो, सभापति रवि लाममिनेको नागरिकता विवादमा उम्मेदवारी नै खारेज भएपछि दोस्रो महिना नै बाहिरियो । वैशाख २०८० को उपचुनावमा तनहुँ १ र चितवन २ दुबै जितेपछि रास्वपाको आकांक्षा अझ बढेको थियो ।

तर इलाम २ को उपचुनावमा हारसँगै रास्वपामा खैलाबैला मच्चियो भने बाहिर पनि बैचारिक रुपमा प्रष्टता नभएको रास्वपाको आरोलो यात्रा सुरु भएको टिकाटिप्पणी भयो । फागुनमा फेरि सरकारमा गएपछि सहकारीको रकम अपचलनमा सभापति रवि लामिछानेको संलग्नताको मुद्दा चर्कोसँग उठ्यो ।

असारमा प्रचण्ड सरकार ढलेसँग प्रतिपक्षमा पुगेको रास्पवाका नेताहरु भने पार्टीबारे उठेका तमाम प्रश्नको जवाफ राष्ट्रिय भेलाबाट दिने बताउँछन् । ‘पार्टी बलियो छैन भनि बाहिर गरिएका आशंका राष्ट्रिय भेलाबाट हटाउँछौं,’ कार्यवाहक महामन्त्री बुर्लाकोटी भन्छन्, ‘नीतिगत स्पष्टता भएको जवाफ पनि दिन्छौं । वैचारिक, सांगठनिक, राजनीतिक रुपमा थप क्लियर भएर पार्टी अघि बढ्छ ।’

देशभरका कार्यकर्ता भेला गरेर रास्वपाले आफ्नो ‘तागत’ देखाउने माध्यम राष्ट्रिय भेलालाई बनाउन लागेको छ । त्यसको संकेत गर्दै सभापति लामिछानेले सामाजिक सञ्जालमा लेखेका थिए , ‘पार्टी परिपक्व हुने चरणमा छ । हामी बिल्कुल ठिक छौं, लय पक्रदैछौं ।’

यो पनि पढ्नुहोस्

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पामा भएकाे जिप दुर्घटनामा निधन भएका मध्ये दुई जनाको सनाखत

१२ घण्टा अगाडि
जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

१३ घण्टा अगाडि

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नवनियुक्त चार जना मन्त्रीहरूले लिए शपथ

गतिशील पार्टीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि आवेदन माग्यो

जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक